• आइतबार ७-२३-२०८३/Sunday 11-08-2026
  • 02:08:32
  • ON AIR
  • UP NEXTBhakti Darshan

हरिनाशमा धान काट्ने आधुनिक रिपर मेसिन

दुलेगौंडा, १९ कार्तिक । 
चिसापानी साना किसान कृषि सहकारी संस्था लि।, हरिनास–२, चिसापानीले आधुनिक रिपर मेसिन ल्याएको छ ।
कृषि विकास कार्यालय, स्याङ्जाको ५०५ अनुदानमा धान, गहुँ, नल काट्ने आधुनिक रिपर मेसिन ल्याएको सहकारीका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।
मेसिनले अब धान, गहुँ काट्न धेरै सजिलो र सस्तो हुने हुने पौडेलले बताए । वि।स। २०७७ सालमा स्थापना भएको सहकारीले ग्रामिण भेगमा रहेका किसानलाई व्यवसायिक रुपमा अगाडी बढाउन विभिन्न कार्यहरु गर्दै आएको छ । हाल ८०५ अनुदानमा पशु बिमा, किसान हरुको म्यादी जीवन बिमा ,  कृषि यान्त्रिकरण ५०५ अनुदानमा बितरण गरिरहेको सहकारीले जनाएको छ । साथै छरिएर रहेका पुँजीलाई एकत्रित गरि किसानलाई सहुलियत दरमा कर्जा लगानी गर्नु, विउविजन, मल उपलब्ध गराउने उदेश्यका साथ सञ्चालित सहकारीमा हाल करिव ९ सय सदस्य आवद्ध छन् । हाल वडा नं। १, २ र ३ नं। वडामा सेवा प्रदान गर्दै आइरहेको यस सहकारीले निकट भविष्यमा अन्य वडामा समेत सेवा विस्तार गर्दैछ ।

प्रतिकृया दिनुहोस
↑