• आइतबार ७-२-२०८३/Sunday 10-18-2026
  • 04:29:16
  • ON AIR
  • UP NEXTBhakti Darshan

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सको शुभकामना आदानप्रदान तथा चङ्गा चेट

दुलेगौंडा, ३० असोज । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले शुभकामना आदानप्रदानसँगै चङ्गा चेट कार्यक्रम सम्पन्न गरेको छ । बडादशैं, शुभ दीपावली, छठ पर्व– २०८३ र नेपाल संवत् ११४७ को अवसरमा शुभकामना आदानप्रदान तथा चङ्गा चेट कार्यक्रम गरेको हो । क्लब अध्यक्ष  जोशीला थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले हरेक चाडपर्व संस्कृति संरक्षण गर्दै मनाउनुपर्नेमा जोड दिए । कार्यक्रमको संयोजन क्लब कोषाध्यक्ष संगीता ढकालले गरेकी थिइन् । कार्यक्रममा विभिन्न लायन्स क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले चाडपर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकताको सन्देश दिने बताएका थिए । चङ्गा चेट कार्यक्रमले पर्वको सांस्कृतिक रौनक बढाउनुका साथै सहभागीहरूबीच आत्मीयता र खुसी साटासाट गर्ने अवसर प्रदान गरेको थियो।
 

प्रतिकृया दिनुहोस
↑