• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026
  • 04:09:28
  • ON AIR
  • UP NEXTBhakti Darshan

अनुमतिविना सञ्चालित टेम्पो तथा अटो रिक्सा तत्काल बन्द शुक्लागण्डकी नपाको निर्देशन

दुलेगौंडा, २८ असोज । तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरक्षेत्रमा अनुमतिविना सञ्चालित टेम्पो तथा अटो रिक्सा तत्काल बन्द गर्न निर्देशन दिएको छ । 
मंगलवार प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालद्धारा जारी सुचनामा नगरपालिकाको नगरकार्यपालिकाको निर्णयअनुसार निषेधित क्षेत्रबाहेकका सडकमा ४० वटा टेम्पो तथा अटो रिक्सा सञ्चालन गर्न अनुमति दिइएकोमा सोही संख्याभित्र अटो सञ्चालनको अनुमति दिइसकिएको नगरपालिकाले जनाएको छ । 
अनुमति नलिई सञ्चालनमा रहेका अटोहरू तत्काल बन्द गर्न लिखित तथा मौखिक रूपमा गुनासो प्राप्त भएको भन्दै अनुमतिविना सञ्चालित अटो तत्काल बन्द गर्न आग्रह गरिएको छ । साथै अनुमति विना सञ्चालित अटोलाई नियमअनुसार कार्वाही हुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस
↑