• शुक्रबार ६-३०-२०८३/Friday 10-16-2026
  • 06:53:39
  • ON AIR Nepali Bahas
  • UP NEXTShuklagandaki Samachar

उन्नती कृषि सहकारीद्धारा पौडेल र  भण्डारीलाई सम्मान

दुलेगौंडा, २८ असोज । शुनपा– ४ दुलेगौंडामा रहेको उन्नती कृषि सहकारी संस्था लिमिटेडले सहकरीमा प्रबिधिको उच्चत प्रयोग गरेर  कारोवार गरेका छविलाल पौडेल र कृषि कर्म गरेर सहकारीमा उत्कृष्ट कारोबार गर्ने हरिप्रसाद भण्डारीलाई  सम्मान गरेको छ । 
सहकारीको १७ औ वार्षिक साधारणसभाको अवसरमा मंगलबार दुलेगौंडामा आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ तनहुँका सचिव पदम बहादुर बानीयाँ र सहकारी अध्यक्ष मानकुमार तिम्लाले उनीहरूलाई सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै जिल्ला सहकारी संघ तनहुँका सचिव पदम बहादुर बानीयाँले सहकारीलाई बलियो बनाउन सञ्चालक समिति मात्र नभई प्रत्येक शेयर सदस्यको पनि निरन्तर चासो र योगदान हुनुपर्ने बताए । सहकारीका अध्यक्ष मान कुमार तिम्लाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारकोतर्फबाट निरोज भट्टराई, सम्मानित कृषक हरि प्रसाद भण्डारी लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष शंकर बहादुर कार्की र सञ्चालन सचिव ध्रुवराज लामिछानेले गरेका थिए । साथै लेखा समिति संयोजक वेदराज अधिकारीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

प्रतिकृया दिनुहोस
↑