• सोमबार ६-१९-२०८३/Monday 10-05-2026
  • 05:23:46
  • ON AIR Bhakti Darshan
  • UP NEXTShuklagandaki Samachar

दुलेगौंडा सांस्कृतिक महोत्सवमा क्लवस्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु

दुलेगौंडा, १८ असोज । शुक्लगण्डकी युवा क्लब  दुलेगौंडाको आयोजनामा जारी वडादशै विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव अन्तर्गतरत क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । 
दुलेगौंडाको हेल्थपोस्ट चोकमुनिको कसेरी खेल मैदानमा आइतवार भएको उद्घाटन खेलमा 
ढोरफिर्दीले विरुवालाई सोझो सेटमा पराजित गरेको छ । सोमवार विहान ८ बजेदेखि बाँकी खेल हुने खेल संयोजक भरत श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समुहले क्रमशः १ लाख ५० हजार, १ लाख, ५० हजार र २५ हजार रुपैया नगद साथमा ट्रफि, मेडल र र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट सेभर, सेटर, स्पाईकर, ब्लकर, डिफेन्डर, प्रशिक्षक, उदयमान खेलाडीलाई नगद ३ हजार रुपैया पाउनेछन् । साथै उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । 
महोत्सवमा  स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, लाइभ कन्सर्ट, स्थानीय कला तथा संस्कृतिको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, बाल उद्यान, रमाइलो मेला लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ । महोत्सव असोज २२ गतेसम्म चल्ने छ । 

प्रतिकृया दिनुहोस
↑