रास्वपा शुक्लागण्डकीद्धारा फोहोरमैला शुल्क वैज्ञानिक र व्यवहारिक बनाई पुनरावलोकन गर्न माग
दुलेगौंडा, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिले फोहोरमैला व्यवस्थापनका लागि तोकिएको शुल्क वैज्ञानिक र व्यवहारिक बनाउन पुनरावलोकन गर्नुपर्ने माग गरेको छ । बिहीबार रास्वपा नगर समितिका अध्यक्ष हरी खड्का र सचिव पवित्रा सुवेदी पौडेलले नगर उपप्रमुख खुमबहादुर विक ‘राजु’ तथा प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाललाई ज्ञापनपत्र बुझाउदै पुनरावलोकनकालागि माग गरेका हुन् । ज्ञापनपत्रमा सेवा नपुगेका स्थानमा समेत सरफाई शुल्क लगाउने विषय पुनरावलोकन गर्नुपर्ने उल्लेख गर्दै दर निर्धारण गर्दा विज्ञ समिति बनाएर गर्नुपर्ने माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै उपप्रमुख विकले फोहोरमैला व्यवस्थापनको शुल्कबारे पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएका छन् ।









प्रतिकृया दिनुहोस