दुलेगौंडामा भोलीदेखि वडादशै विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव हुदै
दुलेगौंडा, ७ असोज । शुक्लगण्डकी युवा क्लब दुलेगौंडाको आयोजनामा वडादशै विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव २०८३ हुने भएको छ । क्लवले बुधबार दुलेगौंडामा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो ।
असोज ८ गतेदेखि १८ गतेसम्म दुलेगौंडाको हेल्थपोस्ट चोकमुनिको चौरमा महोत्सव सञ्चालन हुने क्लव अध्यक्ष मिन बहादुर थापाले जानकारी दिए ।
महोत्सवको सम्पूर्ण तयारी सकिएको उनले बताए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, लाइभ कन्सर्ट, स्थानीय कला तथा संस्कृतिको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, भलिबल प्रतियोगिता, बाल उद्यान, रमाइलो मेला लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ । दशैको मुखमा महोत्सव गर्न लागेकोमा मंगलवार शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले शुक्लागण्डकी नगरपालिकाको ध्यानाकर्षण गराएको थियो । संघले व्यवसायिक सट्टा साँस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ ।









प्रतिकृया दिनुहोस