• शनिबार ५-१३-२०८३/Saturday 08-29-2026
  • 11:32:48
  • ON AIR Hello Shuklagandaki Quiz
  • UP NEXTNepal Khabar

विद्यालयको १ सय मिटर वरपर सुर्तीतथा मदिराजन्य बस्तु विक्रि नगर्न विद्यार्थीको सचेतना

दुलेगौंडा। १२ भदौ । 
पञ्चमुनिदेव मावि जुनियर रेडक्रस सर्कलले सुर्तीतथा मदिराजन्य पदार्थको विक्रि वितरणमा रोकथामकालागि विहिवार सचेतनामुलक कार्यक्रम गरेको छ । शुनपा–४ दुलेगौंडामा रहेको सो विद्यालयले १ सय मिटर वरपर सुर्तीतथा मदिराजन्य पदार्थको विक्रि वितरण नगर्न सचेतना जगाउदै प्लेकार्डसहित विद्यालय वरपर परिक्रमा गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार विद्यालय, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय लगायत सार्वजनिक संस्थाबाट कम्तीमा १०० मिटर भित्र सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने कानुनी व्यवस्था रहेको छ ।  विद्यालयको १ सय मिटर वरपर मदिराजन्य, सुर्तीजन्य पदार्थको बिक्री–वितरण र विद्यार्थीलाई यस्ता पदार्थ बिक्री नगर्न आग्रह गरिएको विद्यालयका प्रधानाध्यापक विमल जोजीज्युले बताए । सचेतनामुलक कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक धननारायण श्रेष्ठले मदिराजन्य पदार्थकै कारण समाजमा अपराधजन्य घट्ना हुन सक्ने बताउदै यस्ता अभियानले सकरात्मक सन्देश दिने उल्लेख गरे । जुनियर रेडक्रस सर्कल अध्यक्ष युनिका खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नायक शिवराज पाठकले गरेका थिए । 
 

प्रतिकृया दिनुहोस