• शनिबार ५-१३-२०८३/Saturday 08-29-2026
  • 11:33:16
  • ON AIR Hello Shuklagandaki Quiz
  • UP NEXTNepal Khabar

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनद्धारा दैवी प्रकोप सहायता कोषमा ५५ हजार ५ सय ५५ रुपैया सहयोग

दुलेगौंडा, ११ भदौ । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । 
विहिवार दुलेगौंडामा बसेको बैठकले गरेको निर्णय अनुसार क्लवका पदाधिकारी, संस्थापक र पूर्व अध्यक्षहरुबाट  संकलित सो रकम दैवी प्रकोप सहायता कोषमा क्युआर मार्फत जम्मा गरिएको अध्यक्ष सफल आलेले जानकारी दिए । 
क्लवले पुनःस्थापनाका लागि सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त रकम ’प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा जम्मा गरेको हो । क्लवले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति उच्च सम्मानसमेत व्यक्त गरेको छ । क्लवले राष्ट्रलाई आवश्यक परेको यस्तो सङ्कटपूर्ण परिस्थितिमा सधैँ नागरिकको साथमा उभिने र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने क्लवका कोषाध्यक्ष दिपक नेपालीले बताए  । 
 

प्रतिकृया दिनुहोस