• शुक्रबार ४-२९-२०८३/Friday 08-14-2026
  • 03:13:43
  • ON AIR
  • UP NEXTBhakti Darshan

आदिवासी दिवसको अवसरमा आयोजित वक्तृत्वकलामा कञ्चनजंघा बोर्डिङकी स्मृति  प्रथम 

दुलेगौंडा, २० साउन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीले आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा कञ्चनजंघा बोर्डिङ स्कुलकी स्मृति चौधरी प्रथम भएकी छिन् । “आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको महत्व” विषयक बुधवार आयोजित प्रतियोगितामा खैरेनी माध्यमिक विद्यालयकी स्मारिका घिमिरे द्वितीय र लिटल गार्डेन बोर्डिङ स्कुलकी एकता गौतम तृतीय भए । हंश वाहिनी माध्यमिक विद्यालयका कुशल भण्डारी र गाउँफर्कोदय  माध्यमिक विद्यालयकी गंगा विकले सान्त्वना स्थान प्राप्त गरे ।  प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र समान २ हजार ५ सयका साथै मेडल तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा शुक्लागण्डकीका १९ विद्यालयका १९ जनाको सहभागिता रहेको थियो ।  
विजेतालाई परिषद्का अध्यक्ष कुलकुमार कुमाल, शुक्लागण्डकी–७ का वडाध्यक्ष खड्क सिं थापा मगर, परिषदका सल्लाहकार संयोजक खिम बहादुर कुमाल र परिषदका गण्डकी सचिव विमल भुजेल, कार्यक्रम संयोजक सुरेन्द्र तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन परिषद्की सचिव विर्सना श्रेष्ठले गरेकी थिइन् । यसअघि कार्यक्रमको शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजुले उद्घाटन गरेका थिए । विश्व आदिवासी दिवसको अवसरमा परिषदले शुक्लागण्डकीमा सप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरिरहेको छ । विहिवार बेलचौतारामा महिला तथा युवा लक्षित बृहत् अन्तरक्रिया कार्यक्रम गरिएको छ । यसैगरी साउन २२ गते बेलचौतारामा जनप्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया, साउन २३ गते मूल समारोहको पूर्वतयारी बैठक र साउन २४ गते नगरपालिका परिसरमा मुल समारोह कार्यक्रम गरिने छ ।
 

प्रतिकृया दिनुहोस