• शुक्रबार ४-२९-२०८३/Friday 08-14-2026
  • 02:09:22
  • ON AIR
  • UP NEXTBhakti Darshan

अति आवश्यक भएकालाई प्राथमिकता दिई प्रदान ग्याँस प्रदान गर्न व्यवसायीलाई शुनपाको आग्रह

दुलेगौंडा, २० साउन । शुक्लागण्डकी नगरपालिकाले बजारमा उपलब्ध ग्याँस अति आवश्यक भएकालाई प्राथमिकता दिई प्रदान गर्न व्यवसायीलाई आग्रह गरेको छ । बुधवार सरोकारवालाको बैठकपछि जारी विज्ञप्तीमा आवश्यक भएका व्यक्तिलाई उपलब्ध गराउन, विद्युतीय चुलोको प्रयोग गर्न, अनावश्यक रुपमा भण्डारण नगर्न आग्रह गरिएको उपप्रमुख खुम बहादुर विक राजुद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । समस्याको यस घडिमा सबै नागरिकको सहभागितामा समस्या समाधान गर्नुपर्ने भएकाले उद्योगी, व्यवसायी, नागरिक समाज, पत्रकार तथा सबै नागरिकलाई सचेत भई भ्रमपूर्ण सुचनाकोपछि नलाग्न पनि अपिल गरिएको छ । 
बैठकमा नगर उपप्रमुख खुम बहादुर विक राजुले खाना पकाउने ग्याँस अभाव,  बजारको अवस्था र समाधानकालागि सरोकारवालाको भूमिकाको लागि छलफल आयोजना गरिएको उल्लेख गरे । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले आवश्यकता भन्दा बढी ग्यास मौज्दात नराख्ने तथा आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरे । सो अवसरमा शुनपा–४ का वडा अध्यक्ष राजकुमार वाग्ले, वडा नं. ६ का अध्यक्ष बुद्धि बहादुर थापा, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष उमानाथ पाठक लगायतले व्यवसायी र उपभोक्ताले अहिलेको समयमा जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।  व्यवसायी वशन्त ज्वारचन, विधान गुरुङ लगायतले अनावश्यक रुपमा भण्डारण नगर्न आग्रह गरे । 
 

प्रतिकृया दिनुहोस