• सोमबार ४-११-२०८३/Monday 07-27-2026
  • 03:47:02
  • ON AIR
  • UP NEXTBhakti Darshan

जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

दुलेगौंडा, १ साउन । 
लियो क्लब अफ दुलेगौंडा खैरेनीटार सिटीको आयोजनामा  जिल्ला स्तरीय डिजी लिंक लियो ब्याडमिन्टन प्रतियोगिता शुरु  भएको छ । प्रतियोगिताको शुक्रवार शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुम बहादुर विक राजुले उद्घाटन गरे । सो अवसरमा उनले खेलले स्वास्थ्य रहन र अनुशासन सिकाउने बताए  । वडा नं। ६ का अध्यक्ष बुद्धि बहादुर थापाले सानैदेखि खेलमा लगाउदा यस क्षेत्रको पहिचानमा सहयोग पुग्ने उल्लेख गरे ।
खैरेनीटार मगर समाज भवन खैरेनीटारमा शुरु प्रतियोगितामा जिल्ला भित्रका करीब ७० विद्यार्थी सहभागीता रहेको छ । विद्यार्थीमा अनुशासन, स्वास्थ्यसँगै खेल भावनाको विकास गराउदै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको हो । 

लियो क्लबका अध्यक्ष भैरव आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ तनहुँ शुक्ला गण्डकी सिस्टरका पूर्व अध्यक्ष बिर्सना श्रेष्ठ, लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर अध्यक्ष तुलसा कुमारी श्रेष्ठ लायन्स क्लब दुलेगौडा खैरेनी सिटीका पूर्व अध्यक्ष नारायणकुमार श्रेष्ठ, लायन्स क्लब अफ दुलेगौडा खैरेनी सिटीका अध्यक्ष रामप्रसाद लम्साल लियो क्लब अफ दुलेगडा खैरेनी सिटीका पूर्व अध्यक्ष एवं लायन्स क्लब अफ शुक्ला गण्डकीका संस्थापक तीर्थराज खनाल, लियो क्लवका पूर्व अध्यक्ष एवम् डिजी लिंकका अध्यक्ष विपिन लगायतले 
शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन क्लब सदस्य सन्ध्या खनालले गरेकी थिईन । अण्डर १३, अण्डर १९ र छात्रातर्फको अण्डर १९ ब्याडमिन्टन प्रतियोगिताका विधा समावेश गरिएको छ । सबै विधामा प्रथम हुनेले नगद ५ हजार, द्वितीयले ३ हजार र तृतीयले नगद २ हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रविण श्रेष्ठले जानकारी दिए । क्लवले जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा प्रत्येक महिनाको ८ गते आखा शिविर सञ्चालन गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस