• सोमबार ८-१०-२०८१/Monday 11-25-2024
  • 03:09:45
  • ON AIR
  • UP NEXTBhakti Darshan

पतञ्जली नगर योग समितिद्धारा भुवाईलाई सम्मान

दुलेगौंडा, ६ मंसिर । शुक्लागण्डकीमा योगको अभियान शुरुवात गरेको भन्दै पतञ्जली नगर योग समिति शुक्लागण्डकीले ऋषेश्वर भुवाई (ऋतु) लाई बुधवार सम्मान गरेको छ । सातौं स्थापना दिवस एवम् योग शिक्षा भेटघाट कार्यक्रमको अवसर पारि शुक्लागण्डकी–८ हिलेटारमा उनलाई सम्मान गरिएको हो । महिला पतञ्जली योग समिति तनहुँकी प्रभारी पार्वती पौडेल, पतञ्जली नगर योग समिति शुक्लागण्डकीका संयोजक एकनारायण गौतम, आजिवन सदस्यद्वय पवित्रा पौडेल रिमाल र लक्ष्मी थापा पौडेलले संयुक्त रुपमा कदरपत्रले सम्मान गरेका हुन् । भुवाई नगर समितिका सल्लाहाकारसँगै युवा नेपाल समिति तनहुँका संयोजक हुन् । साथै तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम.का अध्यक्ष समेत हुन् । सात वर्ष अगाडि भुवाइको नेतृत्वमा नगरमा योग अभ्यास शुरु गरिएको थियो ।  हाल विभिन्न १० केन्द्रमार्फत योगाभ्यास भइरहेको महामन्त्री बालकृष्ण विकले बताए कार्यक्रममा महिला पतञ्जली योग समिति तनहुँकी प्रभारी पार्वती पौडेल, पतञ्जली नगर योग समिति शुक्लागण्डकीका निर्वतमान अध्यक्ष दीपक श्रेष्ठ, सल्लाहाकार ऋषेश्वर भुवाई (ऋतु), बुद्धटोल लहरेपिपल योग साधान केन्द्रका प्रशिक्षार्थी क्याप्टेन दीपक क्षेत्री, नगर समितिका महामन्त्री बालकृष्ण विक लगायतले बोलेका थिए । पतञ्जली नगर योग समिति शुक्लागण्डकीका संयोजक एकनारायण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मिनबहादुर भुजेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस