साना किसान कृषि सहकारी संस्था ढोरफिर्दीको २८ औं वार्षिक साधारणसभा सम्पन्न
दुलेगौंडा, ९ मंसिर । साना किसान कृषि सहकारी संस्था लिमिटेड शुक्लागण्डकी–८ ढोरफिर्दीको २८ औं वार्षिक साधारणसभासम्पन्न भएको छ । विभिन्न क्षेत्रका सदस्यहरुको सहभागितामा प्रतिवेदन पारित गर्दै आइतवार सभा सकिएको हो । तीन दिनसम्म चलेको साधारणसभामा २ हजार २२ सदस्यको सहभागिता रहेको अध्यक्ष मोती प्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रममा सहकारी अध्यक्ष मोतिप्रसाद पौडेल, सचिव रामेश्वर भट्टराई, कोषाध्यक्ष वेदराज पौडेल, लेखा समितिका संयोजक कृष्ण प्रसाद भट्टराई र प्रवन्धक टेकनारायण पौडेलले पेश गरेको प्रतिवेदन छलफलपछि पारित भएको हो । उपाध्यक्ष तारादेवि अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रामेश्वर भट्टराईले गरेका थिए । साना किसान लघु वित्त वित्तिय संस्था शाखा कार्यालय पोखराका प्रबन्धक पदमराज रेग्मीले साधारणसभाको समापन गरे । सो अवसरमा पूर्व गाविस अध्यक्ष महेश्वर भट्टराई, कर्जा उपसमिति संयोजक दिपक बहादुर क्षेत्री, पूर्व अध्यक्ष भोजराज शर्मा लगायतको सहभागिता रहेको थियो ।
वि।स। २०५२ सालमा स्थापित सहकारीमा कुल शेयर पुँजी ६ करोड ३३ लाख, बचत संकलन २८ करोड ७१ लख रुपैया छ भने ऋण लगानी ५५ करोड रुपैया छ ।
प्रतिकृया दिनुहोस