• बिहीबार ८-६-२०८१/Thursday 11-21-2024
  • 03:59:26
  • ON AIR Filmy Parda
  • UP NEXTYour Choice

पुतलीबजारको कोल्मामा राष्ट्रिय क्रसकन्ट्री दौड पुसको ८ गते

दुलेगौंडा, २९ कार्तिक ।  स्याङ्जाको पुतलीबजार नगरपालिका– ९ कोल्माको बराहचौरमा पुषको दोस्रो साता  पाँचौ संस्करणको क्रसकन्टी दौड प्रतियोगिता हुने भएको छ ।
‘स्वास्थ्यका लागि दौड राष्ट्रका लागि दौड’ भन्ने मुल नाराका साथ सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको हो । आगामी पुस ८ गते सोमवार हुने क्रसकन्टी दौड प्रतियोगिताको तयारी शुरु गरिएको दुलेगौंडामा बुधवार आयोजित पत्रकार सम्मेलनमा मञ्चका सचिव जिवन थापाले जानकारी दिए ।  चार थुम अर्थात गृहकोट, मनकामना, कोल्मा, राईपुर, बहाकोट र राङभाङ् डाँडाहरुको भित्र रहेको विरुवा गाउँपालिका, शुनपा–११, हरिनाश र पुतली बजार पालिकाका बस्तीहरुनै सातसय कोल्मा नाम रहेको छ । ग्रामिण क्षेत्रमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गर्न सकिने सुचना प्रवाह गर्नै, खेलकुद केन्द्र निर्माण गर्न सहयोग पु¥याउने र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले निरन्तर रुपमा प्रतियोगिता गर्दै आएको मञ्चका सचिव थापाले बताए । 
खुल्लातर्फ २१ वर्ष माथिकालाई २५ किलोमिटर, खुल्ला महिला र २१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर र  विद्यार्थीका लागि ५ किलोमिटरमा दौड प्रतियोगिता राखिएको मञ्चका महासचिव जीवनप्रसाद पोख्रेलले जानकारी दिए । उनका अनुसार, जुनसुकै उमेर र खुल्लातर्फ २५ किलोमिटरको दौड हुने छ । कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थी ५ किलोमिटर दौडमा सहभागि हुन सक्नेछन् । 
२५ किलोमिटर दुरीको दौडमा विजेताले ५० हजार रुपैयाँ,  उपविजेताले ४० हजार रुपैयाँ, तेस्रो हुनेले ३० हजार रुपैयाँ साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने पाउनेछ । खुला महिलाको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ र तेस्रोले ५ हजार रुपैयाँ पाउनेछन् । १० किलोमिटर २१ वर्षमुनिका धावकमध्य विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ, तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछ । विद्यार्थीको विजेताले १२ हजार रुपैयाँ, उपविजेताले ८ हजार रुपैयाँ र तेस्रोले ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चार वटै विधामा १० औं स्थान प्राप्त गर्नेलाई मेडल र प्रमाणपत्र प्रदान गरिने पोख्रेलले बताए । 
कोल्मा बराहचौरदेखि सुरु हुने दौड प्रतियोगिता काउँले ,  डाँडा स्वारा — नाम्चे — काल्खु –खल्लुबोट— राईपुर — विसौना–रामचौतारा–बङ्गाले खोला–सिम्लेस्वारा–ओढारे–खुदी–मड्किना–मड्किना भञ्ज्याङ–सतिडाँडा हुदैं पुनः कोल्मा सम्मको लागि रुट तय गरिएको छ । दौड प्रतियोगिताले स्याङ्जा र तनहुँलाई जोडेको छ ।

प्रतिकृया दिनुहोस