• शुक्रबार ७-३०-२०८१/Friday 11-15-2024
  • 07:47:35
  • ON AIR Sukhad Bihani
  • UP NEXTNepal Chautari

दुलेगौंडामा आज निशुल्क मधुमेह परिक्षण हुदै

दुलेगौंडा, २९ कार्तिक ।  लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटि र लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटिले दुलेगौंडामा आज निशुल्क मधुमेह परिक्षण तथा स्वास्थ्य परिक्षण गर्दै छ । बिश्व मधुमेह दिवशको अवसर पारि तनहुँ सेवा हस्पिटलमा विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म परिक्षण गरिने र लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटिका अध्यक्ष विवेक वाग्लेले जानकारी दिए । उनका अनुसार शिविरमा ब्लड प्रेसर, खाली पेट जाचिने सुगर, खानापछि जाँचिने सुगर र विशेषज्ञ सेवा निशुल्क उपलब्ध हुने छ । अन्य परिक्षणमा ५० प्रतिशत छुट प्रदान गरिएको छ । तनहुँ सेवा हस्पिटल र युआरएल फाउण्डेसनको प्राविधिक सहयोगमा शिविर हुन लागेको हो ।

प्रतिकृया दिनुहोस