हरिबोधनी एकादशीमा शुक्लागण्डकीमा स्थानीय विदा, पुल्चोक क्षेत्रमा एकादशी मेला
दुलेगौंडा, २६ कार्तीक । हरिबोधनी एकादशी (तुलसीको विवाह ) को अवसरमा मंगलवार शुक्लागण्डकी नगरपालिकाले स्थानीय विदा दिएको छ ।
हिन्दु धर्मावलम्वीहरुको पवित्र पर्वको रुपमा रहेको हरिबोधनी एकादशीका दिनमा नगर मातहत रहेका सम्पूर्ण कार्यालय र सामुदायिक विद्यालयहरुलाई विदा दिइएको हो । नगर प्रमुख कृष्णराज पण्डितद्धारा जारी सुचनामा नगर प्रमुखस्तरीय निर्णयबाट भोली स्थानीय विदा दिने जनाइएको हो ।
यसैगरी रिसिङ गाउँपालिको पनि विदा दिएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठद्धारा जारी सुचनामा मातहतका सम्पूर्ण कार्यालय, सामुदायिक तथा निजि शैक्षिक संस्थाहरु र अन्य संघसंस्थामा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख छ । शुक्लागण्डकी–४ र ८ को पुल्चोक क्षेत्रमा एकादशी मेला लाग्दै आएको छ ।
यसैगरी व्याँस नगरपालिकाले पनि भोली सार्वजनिक विदा दिएको छ । नगर मातहतका सम्पूर्ण कार्यालय, सामुदायिक तथा निजि शैक्षिक संस्थाहरु र अन्य संघसंस्थामा सार्वजनिक विदा दिने निर्णय भएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस