• बिहीबार ७-२९-२०८१/Thursday 11-14-2024
  • 11:36:40
  • ON AIR
  • UP NEXT

अब परिणाम दिने गरी काम हुन्छः मन्त्री पौडेल

दुलेगौंडा, २५ कार्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयले अब परिणाम दिने गरी काम गर्ने बताएका छन् । जिम्मेवारी लिएको एक सय दिनमा आधारभूत कुराहरु बुझ्ने अवसर मिलेको बताउदै अब देखिनेगरी काम हुने उल्लेख गरे । शनिबार शुक्लागण्डकीमा नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिका प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटनको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका पौडेलले मन्त्रालयले पेश गरेका र कार्यान्वयन गर्न लागेका योजनाहरु इच्छाशक्ति भएमा पुरा हुने खालका रहेको जानकारी दिए ।

ती कामहरु धेरै लागत लाग्ने कामहरु होइनन् उनले भने, पुरा हुने खालका योजनालाई मात्र अगाडी बढाएका छौं । मन्त्री पौडेलले नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यन्वयन गर्ने स्रोतका बीचमा कहींकतै तालमेल नमिलेको बताए । प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेता देवराज चालिसे र प्रा। डा। कुसुमाकर न्यौपानेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा क्षेत्रीय प्रतिनिधी र पार्टीका सक्रिय सदस्यको सहभागिता रहेको थियो ।प्रशिक्षण विभाग प्रमुख कृष्ण प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य ध्रुव वाग्ले, जिल्ला सभापति जित प्रकाश आले, क्षेत्रीय सभापति चुडामणि खनाल, नगर सभापति गोपि बहादुर गुरुङ, महिला संघ नेतृ चन्द्रकला भट्टराई, नगर सचिव शिव रेग्मी लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस