• शुक्रबार ६-४-२०८१/Friday 09-20-2024
  • 03:51:33
  • ON AIR
  • UP NEXTBhakti Darshan

वृद्धवृद्धालाई फलफूल प्रदान

दुलेगौंडा, ३० भदौ । पोल्टिकल साईन्स सोसाइटी नेपालले आइतवार शुक्लागण्डकी–५ झरौटामा रहेको जेष्ठ नागरिक सेवा केन्द्रका वृद्धवृद्धालाई फलफूल प्रदान गरेको छ । स्थापना दिवसको अवसरमा पोल्टिकल साईन्स सोसाइटी नेपालले आश्रममा रहेका ६ जना जेष्ठ नागरिकलाई फलफूल र जुस प्रदान गरेका हुन् । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर कुँवरले सामाजिक संघ संस्थाले जेष्ठ नागरिकलाई सम्मान र समय समयमा सम्झनुपर्ने बताए । संस्थाका अध्यक्ष सुब्बा ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डिल कुमारी पौडेल, महासचिव मिलन आले, जेष्ठ नागरिक सेवा केन्द्रका कोषाध्यक्ष  धर्मराज पौडेल लगायतले बोलेका थिए । पोल्टिकल साईन्स सोसाइटी नेपालको स्थापना २०७९ भदौ ३० गते भएको थियो । संस्थाले देशका विभिन्न ७ जिल्ला र अष्टे«लियामा शाखा स्थापना गरेको छ । राजनितिक विज्ञान लिएर अध्ययन गरेका, अध्यापन गरेका  व्यक्तिहरु सो संस्थामा आवद्ध छन् । 

प्रतिकृया दिनुहोस