• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
  • 10:00:46
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXT

दुई दिनमा १९२२ विद्यार्थीले हेरे ‘एक चिहान’ उपन्यासमा आधारित नाटक

दुलेगौंडा, २८ भदौ ।  तनहुँको दुलेगौंडामा मञ्चन गरिएको हृदयचन्द्र सिंह प्रधानद्वारा रचित ‘एक चिहान’ उपन्यासमा आधारित नाटक दुई दिनमा १ हजार ९ सय २२ विद्यार्थीले अवलोकन गरेका छन् । 
शुक्ला साहित्य संगम तनहुँ र पोखरा थियटरको संयुक्त आयोजना र यस क्षेत्रमा क्रियाशिल एक दर्जन विभिन्न संघसंस्थाको सहयोगमा विहिवार र शुक्रवार विद्यार्थीकोलागि केन्द्रित गर्दै सो नाटक मञ्चन गरिएको थियो । शनिवार अन्यकोलागि समय निर्धारण गरिएको शुक्ला साहित्य संगम तनहुँका अध्यक्ष टुकादेवी पौडेल आचार्यले जानकारी दिइन् । उनले शनिवार ११ बजे एक सो मात्र मञ्चन गरिने भएकाले समयमै उपस्थितिकोलागि अनुरोध गरिन् । शनिवारै १ सय २ औं नियमित श्रृखंला समेत रहेको छ । पोखरा थिएटरको प्रस्तुतीमा हुने उक्त नाटक कक्षा १२ का विद्यार्थीलाई लक्ष्य गरेर मञ्चन गरिएको हो । 
दुलेगौंडास्थित ह्वाइट हाउस पार्टी प्यालेसमा प्रदशित सो नाटकमा शुक्लागण्डकी र आसपासका क्षेत्रका विद्यालयका विद्यार्थीको समेत उत्साहजनक सहभागिता रहेको आचार्यले बताइन् । करिब १ घन्टा ४५ मिनेट अवधिको सो नाटक विहिवार र शुक्रवार तीन पटक मन्चन गर्ने व्यवस्था मिलाइको थियो । आचार्यका अनुसार एक पटकमा करिव ३ सय  ५० विद्यार्थीले नाटक हेरेका छन् ।  
नाटकका लागि  प्रतिविद्यार्थी २ सय रुपैया र अन्यकोलागि ५ सय रुपैया शुल्क तोकिएको छ । ‘एक चिहान’ उपन्यास कक्षा १२ को अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको छ । सोही उपन्यासलाई नाट्य रूपान्तरण गरेर नाटक प्रदर्शन गरिएको हो । विद्यार्थीले उक्त नाटक हेरेर उपन्यासको समग्र विषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले बुझ्न सक्ने आचार्यको दाबी छ । नाट्य रुपान्तर तथा निर्देशन परिवर्तनले गरेको नाटकमा पोखरा थिएटरका कलाकारको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस