• शुक्रबार ६-४-२०८१/Friday 09-20-2024
  • 03:20:32
  • ON AIR
  • UP NEXTBhakti Darshan

आजदेखि ‘एक चिहान’ उपन्यासमा आधारित नाटक दुलेगौंडामा मञ्चन गरिदै

दुलेगौंडा, २७  भदौ ।  हृदयचन्द्र सिंह प्रधानद्वारा रचित ‘एक चिहान’ उपन्यासमा आधारित नाटक आगामी आजदेखि दुलेगौंडामा मञ्चन गरिदै छ ।  शुक्ला साहित्य संगम तनहुँ र पोखरा थियटरको संयुक्त आयोजना र यस क्षेत्रमा क्रियाशिल एक दर्जन विभिन्न संघसंस्थाको सहयोगमा सो नाटक मञ्चन हुन लागेको हो । 


दुलेगौंडास्थित ह्वाइट हाउस पार्टी प्यालेसमा देखाईने सो नाटक भदौ २९ गते सम्म चल्ने शुक्ला साहित्य संगम तनहुँका अध्यक्ष टुकादेवी पौडेल आचार्यले जानकारी दिइन् । पोखरा थिएटरको प्रस्तुतीमा हुने उक्त नाटक कक्षा १२ का विद्यार्थीलाई लक्ष्य गरेर मञ्चन गर्न लागिएको हो । 


करिब १ घन्टा ४५ मिनेट अवधिको सो नाटक हरेक दिन तीन पटक मन्चन गर्ने व्यवस्था मिलाइको छ । विहिवार र शुक्रवार विद्यार्थी र अन्तिम दिन शनिवार अन्यकोलागि छुट्याइएको छ ।  विहान ८ः०० देखि ९ः३० सम्म पहिलो, ११ः०० देखि १२ः३५ सम्म र २ः०० देखि ३ः३५ सम्मको समय निर्धारण गरिएको छ । दुई दिनको ६ वटै समयका सबै विद्यार्थीकोलागि बुकिङ भइसकेको आचार्यले बताईन् । उनका अनुसार एक पटकमा करिव २ सय ७५ विद्यार्थीले नाटक हेर्नेछन् । 


नाटकका लागि  प्रतिविद्यार्थी २ सय रुपैया र अन्यकोलागि ५ सय रुपैया शुल्क तोकिएको छ । ‘एक चिहान’ उपन्यास कक्षा १२ को अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको छ । सोही उपन्यासलाई नाट्य रूपान्तरण गरेर नाटक प्रदर्शन गर्न लागिएको हो । विद्यार्थीले उक्त नाटक हरेर उपन्यासको समग्र विषयवस्तुलाई मनोरञ्जनात्मक ढंगले बुझ्न सक्ने आचार्यको दाबी छ । नाट्य रुपान्तर तथा निर्देशन परिवर्तनले गरेको नाटकमा पोखरा थिएटरका कलाकारको अभिनय रहने छ । 
 

प्रतिकृया दिनुहोस