• शुक्रबार ६-४-२०८१/Friday 09-20-2024
  • 03:11:42
  • ON AIR
  • UP NEXTBhakti Darshan

शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समितिको १० औं साधारणसभा सम्पन्न

दुलेगौंडा, २७ भदौ । शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समिति शुक्लागण्डकीको कोषाध्यक्षमा सरद थापा मगर र सहसचिवमा उपेन्द्रलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । बुधवार शुक्लागण्डकी–६ स्थित तीनखोले देवी मन्दिर परिसरमा सम्पन्न भएको १० औं वार्षिका साधारणसभाबाट रिक्त पदमा उनीहरु चयन भएका हुन् । यस्तै सदस्यहरुमा अम्बर बहादुर खड्का र नर बहादुर राना सर्वसम्मत चयन भएको सचिव केशवराज पौडेलले जानकारी दिए ।

समितिका कोषाध्यक्ष र सहसचिव वैदेशिक रोजगारकालागि गएपछि केहि महिनादेखि सो पद रिक्त थियो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजुले खानेपानी र विद्युत अति आवश्यक बस्तु भएको बताउदै कुनै समस्या भएमा दैनिक जीवन नै प्रभावित हुने बताए । उनले खानेपानी र विद्युतको प्रवाहमा समस्या उत्पन्न भए मर्मतकालागि आवश्यक पर्ने प्लम्बर र इलेक्ट्रेसीयनलाई समायानुकुल तालिम दिई दक्ष बनाउनुपर्नेमा जोड दिए । उनले गत वर्ष घरायसी कामकोलागि प्रयोग हुने विद्युतीय सामान मर्मत सम्बन्धी तालिम प्रदान गरिएको उल्लेख गर्दै अब निर्माण व्यवसायी र  प्लम्बर र इलेक्ट्रेसीयनलाई संयुक्त रुपमा दक्ष बनाउनु आवश्यक रहेको बताए ।

वडा नंं ६ का सदस्य भक्त बहादुर रानाले आफूले जानेको सिप स्वदेशमै उपयोग गरि यस पेशाबाट राम्रो आम्दानी लिन सकिने बताए । पूर्वाधार विकाश शाखा प्रमुख इन्जिनीयर तारापति भट्टराईले समितिले आधिकारिक दर सार्वजनिक गरे उचित पारिश्रमिक लिन समस्या नहुने बताए । समितिका अध्यक्ष बालकुमार वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा व्यास विद्युत तथा प्लम्बर सेवा समितिका अध्यक्ष राजन अधिकारी, समितिका उपाध्यक्ष भान बहादुर भुजेल, सचिव केशवराज पौडेल लगायतले बोलेका थिए । सो अवसरमा कोषाध्यक्ष र सचिवको प्रतिवेदन सचिव पौडेलले पेश गरि पारित गरिएको थियो ।

प्रतिकृया दिनुहोस