• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
  • 10:07:08
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXT

दोस्रो तिज कप रनिङ शिल्ड प्रतियोगिताको उपाधी शिव टोल विकास सस्थालाई

दुलेगौंडा, २७ भदौ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ८ मा भएको दोस्रो तिज कप रनिङ शिल्ड प्रतियोगिताको उपाधी शिव टोल विकास सस्थाले जितेको छ । चम्चा गुच्चा प्रतियोगिता र सियोमा धागो उन्ने प्रतियोगितामा गोल्ड मेडलको उपाधी जितेर ६ अंकको साथ रनिङ शिल्डको उपाधी हात पार्न सफल भएको हो ।शुक्लागण्डकी नगरपालिका वडा नं ८ को आयोजनामा गत बर्षवाट सुरु भएको तिज कपको दोस्रो सस्करणको रुपमा भाद्र २० र २१ गते सञ्चालन भएको प्रतियोगितामा ५ विधामा प्रतियोगिता गराईएकोमा १७ टोल विकास सस्था सहभागी थिए ।

जसमा तिज गित तर्फ गणेश टोल विकास सस्थाले प्रथम स्थान हासिल गरेको छ । त्यसै गरि मिलन टोल दोस्रो, शुक्ला टोल तेस्रो, ढोरफिर्दी टोल चौथो र उत्तम टोल पाँचौ भएका थिए । प्रथम, द्धितिय तृतीय, चौथो र पाँचौले क्रमस् ७ हजार ७ सय ७७, ५ हजार ५ सय ५५, ३ हजार ३ सय तेत्तीस, २ हजार २ सय २२ र १ हजार १ सय ११ साथमा प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसै गरि चम्चा गुच्चा प्रतियोगितामा शिव टोलका माया थापा प्रथम र शुक्ला टोलका शुष्मा शाही द्धितिय भएका थिए, घैटो फुटाई प्रतियोगितामा मिलन टोलका पुजा लम्साल प्रथम, संगम टोलका इन्द्र वि।क द्धितिय, तल्लो किमलडाँडाका शारदा कुमाल तृतीय, म्युजिकल चियर प्रतियोगितामा संगम टोलका विष्णु वि।क प्रथम, ढोरफिदी टोलका वसन्ती वानिया द्धितिय र हिमाली टोलका सिर्जना वाग्ले तृतीय भएका थिए । सियोमा धागो उन्ने प्रतियोगितामा शिव टोलका विमला वि।क। प्रथम, अन्नपुर्ण टोलका शिला महत द्धितिय र गणेश टोलका मनु राना तृतीय भएका थिए, । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेले स्थान अनुसारको मेडल  प्राप्त गरे ।  

प्रतियोगिताको नियमानुसार सवै प्रतियोगितातर्फ प्रथम हुनेले गोल्ड मेडलको साथ ३ अंक, द्धितिय हुनेले शिल्भर मेडलको साथ २ अंक, र तृतीय हुनेले व्रन्च मेडलको साथ १ अंक  प्राप्त गर्ने व्यवस्था रहेको छ । सबै प्रतियोगितातर्फ मेडल गणना गर्दा चम्चा गुच्चा प्रतियोगिता र सियोमा धागो उन्ने प्रतियोगितामा प्रथम भै ६ अंकको साथमा शिव टोल विकास सस्थाले रनिङ शिल्डको उपाधी हासिल गरेको हो । त्यसै गरि घैटो फुटाई प्रतियोगितामा प्रथम र तिज गित प्रतियोगितामा द्धितिय भई ५ अंकको साथमा मिलन टोल द्धितिय साथै म्युजिकल चियर प्रतियोगितामा प्रथम र घैटो फुटाई प्रतियोगितामा द्धितिय भई समान ५ अंकको साथ संगम टोल विकास सस्था समेत द्धितिय र तिज गित प्रतियोगिता र सियोमा धागो उन्ने प्रतियोगितामा तृतीय भई ४ अंकको साथ गणेश टोल तृतीय हुन सफल भएका थिए  । रनिङ शिल्ड प्रतियोगिता तर्फ प्रथम, द्धितिय तृतीय हुनेले क्रमसः  २० हजार, रनिङ शिल्ड मेडल र प्रमाणपत्र , द्धितिय हुने २ टोलले समान रु १५ हजार, मेडल र प्रमाणपत्र र तृतीय हुने टोलले रु १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।म्युजिकल चियर प्रतियोगिता समय अभावको कारण विचमै रोकिएकोले बाँकी प्रतियोगिहरुलाई प्रतिस्पर्धा गराएपछि मात्र सवै खेलको अंक जोडी रनिङ शिल्डको टुंगो लागेको हो ।

शुक्लागण्डकी नगरपालिका वडा नं ८ ले २०८० सालमा आयोजना गरेको प्रथम तिज कप रनिङ शिल्ड प्रतियोगितामा समेत प्रथम स्थान हासिल गरि शिव टोल विकास सस्थाले रनिङ शिल्डको उपाधी हात  पारेको थियो । यो प्रतियोगिता सँगै शिव टोल विकास सस्थाले लगातार २ पटक रनिङ शिल्डको उपाधी हात पारेको हो । रनिङ शिल्डको नियमानुसार लगातार ३ पटक एउटै टोल विकास सस्थाले रनिङ शिल्को उपाधी जितेमा रनिङ शिल्डको उपाधी सँगै थप रु ५० हजार  समेत प्राप्त गर्ने वडा अध्यक्ष नारायण सिंह थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस