इप्रका बेलचौताराका प्रमुख प्रनि सुवेदीको सरुवा
दुलेगौंडा, १८ भदौ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक गणेश सुवेदीको जिल्ला प्रहरी कार्यालय मुस्ताङ सरुवा भएको छ ।
केन्द्रिय अनुसन्धान ब्यूरो पिलर ३ ठगि किर्ते बाल यौन दुराचार, मुद्रा अपचलन, पुरातात्विक अपराध अनुसन्धान महाशाखाबाट गत भदौ पहिलो साता सुवेदी बेलचौतारा आएका थिए । उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरिक्षक पोषण थापा आउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले ५८७ जना प्रहरी निरीक्षकहरूको सरुवा गर्ने क्रममा सुवेदीको सरुवा भएको हो । प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार सोमबार प्रहरी महानिरीक्षक बसन्त कुँवरको निर्णय अनुसार ५८७ इन्स्पेक्टरको सरुवा गरिएको हो ।
प्रतिकृया दिनुहोस