• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
  • 12:09:27
  • ON AIR Nepal Khabar
  • UP NEXTYour Choice

शुक्लागण्डकीद्धारा पूर्ण छात्रवृत्तीमा पढ्ने विद्यार्थीकोलागि सिफारिस पत्र प्रदान

दुलेगौंडा, ८ साउन । शुक्लागण्डकी नगरपालिकाले कक्षा ११ मा पूर्ण छात्रवृत्तीमा पढ्ने विद्यार्थीकोलागि सोमवार सिफारिस पत्र प्रदान गरेको छ । नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुम बहादुर विक राजु, शिक्षा शाखा प्रमुख उपसचिव नवराज चापागाईले विद्याथीलाई सिफारिस पत्र प्रदान गरेका हुन् । नगर भित्र कक्षा ११ मा विभिन्न विषयमा बढ्ने ३५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिकोलागि सिफारिस पत्र प्रदान गरिएको हो । 


सो अवसरमा बोल्दै नगर प्रमुख पण्डितले चालु आर्थिक वर्षलाई नगरले शैक्षिक सुधारको वर्षको रुपमा लिएको जानकारी दिए । उनले अनुशाशितपूर्व अध्ययन गरि अब्बल नागरिकको रुपमा स्थापित हुन विद्यार्थीलाई आग्रह गरे । नगर उपप्रमुख विकले कक्षा ८ सम्म यसवर्षदेखि अनिवार्य निशुल्क शिक्षा कार्यान्वयन गरिएको बताउदै शिक्षाले विद्यार्थीको जीवन यापनलाई सहज बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका अधिकृत शुशिल नरालले गरेका थिए । सामुदायिक तथा संस्थागत विद्यालयहरुमा तोकीएको निःशुल्क छात्रवृत्तिको आरक्षित कोटामा अध्ययन गर्नका लागि नगरपालिकाले आवेदन माग गरी साउन ५ गते परिक्षा लिएको थियो । परीक्षामा सम्मिलित विद्यार्थी मध्य ३५ जनाले पुर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाएका हुन् ।   विज्ञान समुहमा ८ जना, शिक्षा समुहमा ६ जना र व्यवस्थापन समुहमा २१ जना रहेका छन् ।
 

प्रतिकृया दिनुहोस