• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
  • 01:38:03
  • ON AIR
  • UP NEXTGyan Amrit

शरण र चन्द्रकलाको ५० औं वर्षगाठमा विशेष सत्संग

दुलेगौंडा, १७ जेठ । शुक्लागण्डकी–४ दुलेगौंडा निवासी समाजसेवी शरण गर्तौला र चन्द्रकला गर्तौलाको वैवाहिक जीवनको ५० औं वर्षगाठको अवसरमा दुलेगौंडामा विशेष सत्संग कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

अदैत ज्ञान मार्ग शुक्लागण्डकीका सह–सचिव तथा दुलेगौंडा शाखाका उपप्रमुख समेत रहेका शरणको वैवाहिक वर्षगाठँको अवसरमा आयोजित कार्यक्रममा शुक्लागण्डकी–४ का वडा अध्यक्ष राजकुमार वाग्लेले वैवाहिक जीवनको यात्रामा ५० वर्ष पार गरेकोमा शुभकामना दिए । उनले अदैत संस्था पारदर्शी ढंगले अगाडी बढ्न नसक्दा अदैत ज्ञानमार्ग कानुनी प्रक्रिया पुरा गरि स्थापना भएको उल्लेख गरे । सो अवसरमा अदैत ज्ञानमार्ग शुक्लागण्डकीका संरक्षक ठाकुर प्रसाद शास्त्री, डिल कुमार श्रेष्ठ लगायतले बोलेका थिए । सो अवसरमा आयोजककोतर्फबाट शरण गर्तौलाले स्वागत र हरिमाया श्रेष्ठले गुरुबन्दना पाठ गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस