• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 08:53:44
  • ON AIR BBC Nepali Sewa Saj Pakha
  • UP NEXTManko Aawaj

चिसापानी साना किसानको ‘विद्यार्थीसँग सहकारी’ कार्यक्रम

दुलेगौंडा, ९ चैत । स्याङजाको हरिनास–२ चिसापनीमा अवस्थित चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडले विद्यार्थीसँग वित्तिय साक्षरता अभियान सञ्चालन गरेको छ । सोहि वडामा रहेको महिमा माविमा अध्ययनरत युवा विद्यार्थीलाई सिक्न, बचत गर्न र कमाउन सिकाउने उदेश्यले  आयोजित कार्यक्रममा करिव ८० जनाको सहभागिता रहेको थियो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सहकारीका सञ्चालक समिति पदाधिकारी र सदस्य र पत्रकार लगायतको सहभागिता रहेको थियो । हाल विद्यालयमा प्राविधिक धारतर्फ बाली विज्ञान विषयमा अध्यापन भइरहेको छ । 


वित्तीय साक्षरता सबैका लागि महत्वपूर्ण रहेको सहकारीका अध्यक्ष प्रकाश पौडेलले बताए । उनले विद्यार्थीहरुले बित्तीय साक्षरता बिना कुनै पनि समाजको समृद्धि सम्भाव नहुने हुदा विद्यार्थी जीवनमा नै वित्तीय साक्षरता सम्बन्धी ज्ञान हुने हो अझ धेरै राम्रो हुने बताए । ‘हामीले हिजोआज राम्रै आम्दानी गर्ने युवाहरु देखेका छौं । तर उनीहरुले बचत गरेको पाउदैनौं,’ उनले अगाडी भने, ‘भविष्यमा आइपर्ने आर्थिक संकटका बेलामा मात्रै यसको महसुस गछौं । सहकारीको यस्ता अभियानले अहिलदेखिनै बचत गर्ने बानी बस्न सहयोग पुग्ने छ ।’ युवाहरुमा वित्तीय ज्ञान, सीप र अभिवृत्तिका साथै व्यावहारिक रुपमा सक्षम बनाउँदै अन्ततोगत्वा उनीहरुमा विवेकशील वित्तीय निर्णय लिन अभिप्रेरित गर्ने सहकारीका कोषाध्यक्ष मिठु लम्सालले बताईन् । कार्यक्रममा सहकारीका अध्यक्ष प्रकाश पौडेलले सहजिकरण गरेका थिए । 


वि.स. २०७७ सालमा स्थापना भएको सहकारीले  वित्तीय साक्षरताको अलवा छरिएर रहेका पुँजीलाई एकत्रित गरि किसानलाई सहुलियत दरमा कर्जा लगानी,  विउविजन, मल उपलब्ध गराउदै आएको छ । सहकारीमा हाल करिव ९ सय ४० सदस्य आवद्ध छन् । हाल वडा नं. १, २ र ३ नं. वडामा सेवा प्रदान गर्दै आइरहेको यस सहकारीले निकट भविष्यमा अन्य वडामा समेत सेवा विस्तार गर्दैछ । 
 

प्रतिकृया दिनुहोस