• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024
  • 12:59:48
  • ON AIR Amaka Katha Chorika Sapana (Re-caste)
  • UP NEXTFataurika Guf

डेंगीबारे जानकारी र सचेतना

दुलेगौंडा, २२ कार्तीक । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले शुक्लागण्डकीमा  डेंगीबारे जानकारी र सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बुधवार नगरपालिकामा, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयमसेविका, टोल विकास संस्थाका प्रतिनिधी, प्रहरी, पत्रकार लगायतको सहभागितामा कार्यक्रम भएको हो ।  सो अवसरमा बोल्दै मेयर कृष्णराज पण्डितले चाडपर्वको समयमा डेंगी रोग संक्रामक रुपमा जनस्तरमा फैलिएको अवस्थामा नगरवासीलाई सुरक्षित व्यवहारका लागि आग्रह गर । उनले समयसँगै विभिन्न प्रकारका नयाँ रोगहरुको सङ्क्रमण समेत हुने भएकाले पूर्व सतर्कता अपनाउनुपर्नेमा जोड दिए । 


कार्यक्रममा शुक्लागण्डकी–११ स्थित ढोर फुलवारी सहिद अस्पतालकी डा. प्रतिक्षा आलले सहजिकरण गर्दैे डेंगी रोगलाई सामान्य रोगको रुपमा मात्र नलिई लक्षण देखिने बितिक्कै चिकित्सकको सल्लाह लिएर मात्र औषधीको सेवन गर्न आग्रह गरे । डेंगीलाई सामान्य रुपमा मात्र लिंदा धेरैको ज्यान गइसकेकाले लक्षण देखिने बितिकै सचेत रहन आग्रह गर्दै संक्रमितलाई टोकेको लामखुटेले टोकेपछि परिवारका अन्य सदस्य तथा छरछिमेकीलाई समेत संक्रमण फैलिनसक्ने भएकाले संक्रमतिलाई झुलभित्र सुरक्षित रुपमा राख्न र आवश्यक उपचारमा सहयोग गर्न अपिल गरिन ।  एडिस एजिष्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग डेंगी भएकाले घर आगन, छरछिमेक, विद्यालयहरुमा पानी जम्ने खाल्डा खुल्डी पुर्ने, फुलदानीको पानी हप्तै पिच्छे बदल्ने, पानि जम्न नदिने विषयमा सहभागीको ध्यानाकर्षण गराइएको थियो ।  
 

प्रतिकृया दिनुहोस