बेल बिबाह–एक परिचय
नेपाल विविध जात—जाति, धर्म—संस्कृति, वर्ग—समुदायको साझा बगैँचा हो । यही बगैचामा फूलेको एउटा सँस्कृति, वेल बिबाहको बारेमा मैले सामान्य परिचय दिदैछु । बेल बिबाहलाई नेपाल भाषामा इहीँ पनि भनिन्छ । यसलाई असमेल यज्ञको रुपमा पनि चिनिन्छ । नेवार जातिमा जन्मदेखि मृत्युसम्म अनेक संस्कार गर्ने चलन छ । साँस्कृतिक रुपमा धनी यस जातिको कन्याहरुमा बिशेष रीति—रिवाज अन्तर्गत बेल बिबाह गर्ने चलन छ । भगवान शिव पुत्र कुमार अथवा सुवर्णकुमारको रुपमा वेललाई पुजिन्छ। नेवास् कन्याहरू सुवर्णकुमारलाई आफ्नो पतिको रुपमा मान्छन्। यो जीवन पद्धतिको प्रारम्भिक सिकाइ हो । बेल ९ध्ययम ब्उउभि ० बहुगुणी फल हो । यसको रुख—पातलाइ पवित्र मानिन्छ । प्रकृति प्रेमसँग पनि बेल बिबाहको सामीप्यता छ । नेवा जातिका कन्याहरु बेल बिबाहपछि बेललाई आफ्नो पहिलो पतिदेवका रुपमा मान्छन् । त्यसैले भनिन्छ — नेवार जातिका महिलाहरु कहिल्यै विधवा हुँदैनन् । बेल बिबाहपछि नेवाः कन्याहरुबाट बेल फुटाउनु अपसगुन हुन्छ भन्ने मान्यता यद्यपि कायम छ ।
गहिरिएर अध्ययन गर्ने हो भने बेलसँग बिबाह कर्म चलाउँदा धेरै व्यबहारिक ज्ञान पनि सिकाइन्छ । यो मानवतासँग जोडिएको संस्कृति पनि हो । चेलीबेटीहरु पराइ घर गई सकेपछि सानालाई माया र ठूलालाई आदर—सत्कार गर्ने रीति बोध गराइन्छ । यो परम्परा फगत् पूजामात्र होइन, यसको धेरै ठूलो महत्व छ । नेवार जातिमा यो कर्म नचलाई छोरीहरुको अन्य कर्म पछि चलाउन नसकिने मान्यता छ । यो विधि छुुट्न गएमा जीवनको एउटा लेशन प्लान नै छुट्न गएको ठानिन्छ । यो नेवार जातिले अपरिहार्य अवलम्बन गर्नु पर्ने साँस्कृतिक पक्ष हो । खास गरी नेवाः पण्डितहरु ९ जोशीरगुभाजु ० बाट यसको विधि—कर्म गराइन्छ । आजकाल ब्राह्मणहरुबाट पनि यो पूजा गर्ने—गराउने चलन छ । समय अनुकूल नपर्दा बेलको रुखमुनि लगी सिन्दुर छर्केर पनि आफ्ना कन्याको कर्म फुकाउने गरिन्छ । शुभसाइत र विजोर वर्षमा कन्याहरुलाई बेल बिबाह गर्ने—गराउने चलन छ । बिबाह मण्डपमा संकलित बेललाई डोलामा राखी पन्चै बाजा बजाएर भित्र्याउने चलन छ । पूजाको क्रममा दुलहीका रुपमा सजिएका कन्याहरुलाई एउटा—एउटा बेल र अन्य बैबाहिक सामग्री प्रदान गरी बिबाहको सम्पूर्ण विधि तीन दिनमा सम्पन्न गरिन्छ । कन्याहरुले आफ्ना दुलाहा बेललाई पछि आफ्नो कुलेन पूजामा चढाउनु पर्ने हुन्छ । त्यसभन्दा अघि यसलाई जतनसाथ राख्नु पर्ने हुन्छ । बेल बिबाह ९इहीँ यज्ञ ० गरेपछि ९ पहिलो मिन्सुरेन्स हुनभन्दा अघि ० नै गुफा ९बारा० राख्नु पर्ने हुन्छ । यो नेवा जातिको सूर्य दर्शन गराउने अर्को रमाइलो साँस्कृतिक परम्परा हो । यस बखत् किशोरीहरुले धैर्य,अनुशासन, सहनशीलता र सद्भावको सामाजिक पाठ सिक्ने अवसर पाउँछन् ।
बेल बिबाह एक्लै सम्पन्न गर्न निकै कठिन र खर्चिलो हुने भएकोले सामूहिकरुपमा बेल बिबाह गर्ने—गराउने प्रचलन बढ्दो छ । विभिन्न संघ—संस्थाहरुले समय—समयमा यो बिबाह आयोजना गर्ने—गराउने हुँदा निकै सजिलो भएको सत्यलाई लुकाउनु सकिदैन । तर यसलाई अनावश्यक टडकभडक र खर्चिलो बनाउनु भन्दा सबैले सहजतार्पूवक अपनाउन सक्ने साँस्कृतिक र्पवका रुपमा विकास गराउनु पर्छ । किनकि सर्वसाधारणले आफ्नो संस्कृतिप्रति बोझ होइन गौरव९ओज०को अनुभूति गर्न सकोस् । बेल बिबाहलाई कमाउने धन्दाको रुपमा होइन कर्म चलाउने सुखद् साँस्कृतिक उत्सवमा बदल्न सक्नुपर्छ । हामी आफ्नो चालचलन वा संस्कृतिमा देखा परेका विकृति, विसंगति र विचलनलाई बेलैमा चिनेर यसमा सुधार ल्याई यसको संरक्षण र सम्वर्धननमा लाग्नु आजको आवश्यकता हो । आफ्नो जातिको बलियो पहिचान भनेको यसको साँस्कृतिक पक्ष हो । नेपाल र नेपालीको वास्तविक परिचय पनि यही साझा फूलबारीमा आ—आफ्नो संस्कृतिमा मौलाउन पाउनु हो । अन्त्यमा बेल विबाह ९इहीँ यज्ञ ० सम्बन्धमा अग्रज विज्ञहरुबाट अझ धेरै कुराहरु आउन सकोस् भन्ने चाहन्छु ।
(सन्दर्भः यही २०७९ मंसिर ११ ,१२ र १३ गते दुलेगौडा नेवा समाज भवन परिसरमा अरिदेव नेवा पुचः सेवाकोष, दुलेगौडा तनहुँद्धारा आयोजना हुने बेल बिबाह ९इही यज्ञ ०लाई लक्ष्य गरी विभिन्न स्रोतबाट संकलन गरी लेखिएको हो ।)
प्रतिकृया दिनुहोस