• शनिबार १-२९-२०८१/Saturday 05-11-2024
  • 09:05:58
  • ON AIR BBC Nepali Sewa Saj Pakha
  • UP NEXTManko Aawaj

बलात्कार पिडीत बैनीलाई दाईको खुलापत्र

प्रिय बहिनी ....
यतिबेला तिम्रो मन  पक्कै पनि निकै विचलित भएको हुनसक्छ । नेपालमा तिमीजस्ता कैयौँ कलिला उमेरका बहिनीहरु बलात्कारका शिकार मात्र भएका छैनन्, कति बैनिहरुको करुणा समेत नसुनेर हत्या गरिएको घटनाहरु बाहिरीरहेका हुन्छन् । नेपालमा तिमी जस्ता बैनीहरुको अप्रिय घट्नाका समाचार रेडियोमा सुन्दै र सुनाउँदै आएको तितो अनुभवहरु म सँग छ ।

 

पत्रकारितका दौरानमा यस्ता नमिठा पलहरु विरुद्ध सडकमा नारा लागेका क्षणहरु पनि उत्तिकै थिए । करणी अभियोग लागेका पिडकले हदसम्मको सजाय हुनुपर्ने माग राखेर कानुन र प्रशासक/प्रशासनलाई अनेक लाञ्छाना लगाउने समाजले आज पिडककै समर्थनमा नाराबाजी गरेर तिमि जस्ता लाखौ बहिनीहरुको भावनामा ठेस पु¥याएको देख्दा म निकै अचम्ममा परेको छु । 

 

बैनि तिमीले ठिक कदम चालेकी छौँ, ढिलै भएपनि सत्यको अवश्य पनि जित हुन्छ भन्नेमा म विस्वस्त छु । तिमी माथि दुब्र्यवहार गर्ने नायक यति बेला हिरासतमा बसेर पक्कै पनि पश्चताप गरेको हुनुपर्छ । आफ्नै पक्षमा जनसमर्थन जुटेको देखेपनि उस्का लागी यो फगत सत्य हो भन्ने पक्का लागेको छ । किन कि बाहिरी संसार जस्तो देखिएता पनि मनको संसार कहाँ झुट हुन सक्छ र ? मनले कहिल्यै पनि झुट स्वीकार गर्नै सक्दैन । 

 

सानै उमेरमा तिमीमा भएको प्रतिभा देखेर निकै खुशी लाथ्यो । तिमिले दिन दुई गुणा रात चौगुणा प्रगति गरेर साना भाई बहिनीहरुको पनि साहस बनेकी थियौँ । बहिनी यो समाज नै यस्तै रहेछ – ‘सानालाई ऐन, ठुलालाई चैन’ भनेको सुन्दै आएको थिएँ तर मलाई ऐन त बराबर हुन्छ सवैको लागि यो कानुनी राज्यमा जस्तो लाग्छ  । तर बैनी, यो चर्चित भनाई त समाजले आफ्नै लागि बनाएको रहेछ है । तर तिमी ढुक्क हुनु है तिमिीलाई यो समाजले हैन कानुनका धाराहरुले न्याय दिनेछ । 

 

तिम्रो विपक्षमा लागेर बोल्ने र पिडक भनिएका नायकको पक्षमा न्यायधिस बन्नेहरुको भिडमा सायद मलाई कार्टुन नबनाउलान भन्ने सक्दिन । तर तिमि जस्ती सानै उमेरमा पनि कति बुझकी कुरा गर्ने कुनै पनि नारीले फगत स्वार्थका लागि यस्तो लाञ्छाना कसैमाथि पनि लगाउनै सक्दैन । त्यो उमेरमा हर कोही प्रलोभनमा पर्नसक्छ, सहजै कसैलाई विस्वास गरिन सक्छ त्यो तिम्रो दोष हैन यो त हर कोहीले भोग्ने उमेरको दोष हो । बुझुनुपर्ने त आफुलाई घरको बैनीको अभिभावक ठान्ने मान्छेले पथ्र्याे ।

 

खैर जे हुनुथियो भै गयो....उनको पक्षमा बोलेर भ्रम सिर्जना गर्नेहरु धेरै देखिएको जस्तो लागेपनि बहिनी तिमिले सम्झनु त्यो डलरको खेति गर्न युट्युवेहरुले देखाएको भिडभन्दा धेरै नदेखिएरै तिमीलाई समर्थन गर्नेहरु छन् । अझै त्यो भिडभन्दा महत्वपूर्ण हाम्रो बैनीहरुको सुरक्षाका लागि बनेका कानुनहरु छन् । तिमीलाई पिडा दिनेको पक्षमा देखिने हुल देखेर तिमी विलचित नहुनु । समाज परिवर्तन मात्र हैन साना बहिनीहरुमाथि लाग्ने कुदृष्टीको अन्त्यका लागि तिमिले चालेको कदम ईतिहासमा दर्ज हुनेवाला छ । पहुँचमा छु भन्दैमा साना र कमजोर नानीहरुलाई तिमिले चालेको यो कदमले पक्कै पनि एक पटक सोच्न बाँध्य पार्नेछ भन्ने विस्वास लिएको छु । 

 

तिमीले न्याय पाउने भनेकै यस्ता घटनामा दविएर बस्नुहुदो रहेनछ, कानुनले त पहुँच हुनेलाई पनि कारवाही गर्न सक्दो रहेछ भन्ने चेतना समाजमा फैलनु हो । त्यसैले न्याय लागि तिमिले चालेका कदम कुनै पनि दवाव र प्रभावमा परि नडगमगियोस् । तिमी यो समाजको एक सचेत बालिका भएर अरुको पनि भरोसा बन्ने छौँ र यस्तै घटनामा पिडीत बनेर नबोलेका वैनीहरुको साहस बन्ने छौँ भन्ने आशा व्यक्त गर्दछु । 

उही तिम्रो दाई 
अशोक विश्वकर्मा 
तनहुँ 

प्रतिकृया दिनुहोस