• आइतबार १-१६-२०८१/Sunday 04-28-2024
  • 06:32:02
  • ON AIR Lok Chautari
  • UP NEXTShuklagandaki Samachar

बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

मकवानपुर २० असोज,  बारामा विहिवार बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।

चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ८ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।


नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो ।

प्रतिकृया दिनुहोस