• शनिबार १-२२-२०८१/Saturday 05-04-2024
  • 11:12:29
  • ON AIR Hello Shuklagandaki Quiz
  • UP NEXTNepal Khabar

तिनखोलेको महायज्ञमा ५० लाख बचत

दुलेगौंडा, २ पुष । शुक्लागण्डकी–६ स्थित तिनखोले मन्दिरमा आयोजित नवदुर्गा देवि भागवत ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवबाट ५० लाख १८ हजार रुपैया बचत भएको छ । महायज्ञको शनिवार आयव्यय सार्वजनिक गर्दै आर्थिक उपसमितिका संयोजक भक्त कुमारी थापाले कुल ६५ लाख ८३ हजार ६ सय रुपैया उठेकोमा १५ लाख ६४ हजार रुपैया खर्च भई सो रकम बचत भएको जानकारी दिईन् ।


तीन खोले देवि मन्दिर परिसरमा आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपमेयर सविता रसाइलीले नगरपालिकाले धार्मिक क्षेत्रहरुलाई प्राथमिकता दिई कार्य गरेको जानकारी दिइन् । ‘हामीले कुन क्षेत्रमा बढि आवश्यकता छ, त्यसैलाई प्राथमिकता दिई काम गर्छौ,’ उनले भनिन् ‘नगरपालिकाको सिमित स्रोत र साधन भएकाले क्रमैसँग विकास गरिन्छ ।’


वडा नं. ६ का अध्यक्ष कृष्ण बहादुर पौडेलले तीन खोले देवि मन्दिर धार्मिक पर्यटनको लागि महत्वपूर्ण स्थान रहेको बताए । मन्दिरका अध्यक्ष श्रीराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका नेता हरिराज घिमिरे, नेपाली काङग्रेसका नेता महेश्वर भट्टराई, तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजाई इकाई सभापति पूर्ण बहादुर कायस्थ, खैरेनीटार महिला बहुउदेश्यीय सहकारीकी अध्यक्ष  सुर्यकला ढकाल, महायज्ञका सामाजिक परिक्षण समितिका पिताम्बर तिमील्सीना लगायतले बोलेका थिए । महायज्ञ असोज  २४ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको थियो ।

 

प्रतिकृया दिनुहोस