• सोमबार १-१७-२०८१/Monday 04-29-2024
  • 12:00:19
  • ON AIR
  • UP NEXTBhakti Darshan

लाखे नाचको उपाधी छाङेलीलाई (फोटो फिचर)

दुलेगौँडा(तनहुँ), भदौ २८
शुक्रबार विहानदेखी अबेर रातीसम्म दुलेगौँडा बजार लाखेमय बन्यो । नेवारी पोसाकमा चिटिक्क सजिएका महिलाहरु पुजाअर्चना गर्थे । पुरुषहरुले ढोलक, ट्याम्को, सनाई, बाँसुरी र मजुरा बजाउथे । बाजाको ध्वनीले विपीचोक निरन्तर गुञ्जिरह्यो । त्यही बाजाको तालमा ठुला आँखा, लामो कपाल, लामा दाह्रा निस्किएका राक्षस जस्तो देखिने मुखौटा लगाएर उफ्रि उफ्रि लाखे नाच्थ्ये ।


यो दुश्य, इन्द्रजात्राको दिन दुलेगौँडामा आयोजित गण्डकी प्रदेशस्तरिय लाखे नाच प्रतियोगिताको हो । नेवार समुदायको परम्परागत संस्कृति लाखेनाच लोपोन्मुख बन्दै गएपछि अरिदेव नेवा पुच सेवा कोष दुलेगौँडाले संरक्षणको अभियान थालेको छ । 


दशक अगाडीसम्म जिल्लाका अधिकांश नेवार वस्तीमा नचाईने लाखे नाच लोप हुने अवस्थामा छ । युवा पुस्ताको निष्क्रियाले लाखे परम्परा हराउदै गएको कोषका अध्यक्ष खिमनारायण मल्ल बताउँछन् । ‘नयाँ पुस्तालाई सिकाउदै संस्कृतिको संरक्षण गर्नुपर्ने जरुरत छ’, उनले भने, ‘यसर्थ पनि प्रतियोगिता गरिएको हो । उनिहरुले प्रदेशभरबाट आएका भिन्न खालका लाखे नाच सिक्न मद्धत पु¥याएको छ ।’  


प्रतियोगितामा छाङेली नेवा खल दमौली प्रथम हुन सफल भयो । ३२ समुहलाई पछाडी पार्दै प्रथम भएको उस्ले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । आँप पिपल नेवा समाज गोरखा द्धित्तिय, वाल गोपाल सेवा समिति पोखरा तृतिय र श्रीकृष्ण नेवा खल खैरेनीटार सान्त्वना भए । द्धित्तिय, तृतिय र सान्त्वनालाई क्रमश ः नगद २५ हजार, १५ हजार र ८ हजार रुपैयाँ प्रदान गरियो  । लाखे नाँचको प्रस्तुती, उनिहरुले लगाएको मुखौटा, भेषभुषा, बाजाको ताललाई मुल्यांकन गरी विजेता घोषणा गरिएको हो । 


प्रतियोगितामा गण्डकी प्रदेशका तनहुँ, कास्की, स्याङजा, लमजुङ, गोरखा, पर्वत र बाग्लुङ जिल्लाका विभिन्न स्थानबाट आएका ३३ समुहले सहभागिता जनाएका थिए । सहभागी प्रत्येक समुहलाई प्रोत्साहन स्वरुप तीन हजार रुपैयाँ प्रदान गरिएको छ । 


जिल्लामा हुने मेला महोत्सवमा पनि हिजोआज लाखेनाच प्रदर्शन गर्न थालिएको छ ।  भूतप्रेतले नतर्साउस भनेर भुत समेत डराउने हुलियाँ बनाएर रातको समयमा यो नाच नचाउने जानकारहरु बताउँछन् ।  कृष्णलाई मार्नका लागि कंशले वहिनी पुतनालाई लगाएको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर लाखे नाच नचाउने जनविश्वास छ । नेवार समुदायमा जन्माष्टमी वा गठेमंगलदेखि इन्द्रजात्रासम्म लाखे नाच्ने प्रचलन छ । मल्ल राजाको पालादेखि लाखे नाचको सुरुआत गरिएको बताईन्छ । 


स्याङजाको वालिङबाट प्रतियोगितामा सहभागि हुन आएका ताराप्रसाद श्रेष्ठले ऐतिहासिक लाखेनाच संरक्षणमा दुईपुस्ता मिलेर सिक्ने र सिकाउने गर्नुपर्ने बताए । उनी भन्छन्, ‘पुराना संस्कार, संस्कृतिको जगेर्नामा युवापुस्ताको महत्वपुर्ण भुमिका रहन्छ ।’ 


 तस्बिर ः विनोद÷नागरिक


 

 

 

 

 

प्रतिकृया दिनुहोस