जन्म दिनमा स्ववीयुलाई ५१ हजार रुपैया सहयोग
दुलेगौंडा, १ कार्तिक । जन्म दिनको अवसरमा शुनपा–७ निवासी समीर श्रेष्ठले स्वतन्त्र विद्यार्थी युनियन भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारालाई ५१ हजार रुपैया सहयोग गरेका छन् । बेलचौतारामा आईतवार आयोजित कार्यक्रममा लायन्स क्लव अफ तनहुँ सिस्टर्सका अध्यक्ष जोशिला थापामार्फत क्याम्पसका स्ववियु सभापति मिन बहादुर थापा ९मिलन० लाई सो रकमको चेक हस्तान्तरण गरिएको हो । समिरका बुबा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रेम बहादुर श्रेष्ठको उपस्थितिमा रकम प्रदान गरिएको हो । जन्म दिनलाई सामाजिक क्षेत्रमा सहयोग गरि मनाउने छोरा समिरको चाहाना बमोजिम सानो सहयोग गरिएको उनले बताए । क्लव अध्यक्ष जोशीला थापाको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं। ५ का अध्यक्ष दिर्घ बहादुर थापा, भानुभक्त बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गा कुमार श्रेष्ठ, लायन्स लिडरहरु सुजन कुमार श्रेष्ठ, सुन्दर बस्याल, देवेन्द्र ढुंगाना, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष कमल गैह्रे, स्ववीयु सभापति मिन बहादुर थापा मिलन, क्ल्व कोषाध्यक्ष संगिता ढकाल लगायतले जन्म दिनलाई सामाजिक कार्यमा लगाएकोमा धन्यवाद दिदै आगामी दिनमा प्रगतिको कामना गरे । कार्यक्रमको सञ्चालन उपसचिव कमला बोहोराले गरेकी थिइन् ।









प्रतिकृया दिनुहोस