• बुधबार ७-५-२०८३/Wednesday 10-21-2026
  • 06:11:06
  • ON AIR Kayakairan
  • UP NEXTNepali Bahas

कोत्रेमा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आज सकिदै

दुलेगौंडा, १ कार्तिक । तनहुँको शुक्लागण्डकी–२ कोत्रे बजारमा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आइतवार सकिदै छ ।  सिद्धेश्वर पाञ्चायन मन्दिर व्यवस्थापन समितिको आयोजनामा असोज २५ गते शुरु महायज्ञ आज समापन गर्न लागिएको हो । 
समितिका अध्यक्ष खेमराज खनालले नवरात्रको अवसरमा सप्ताहव्यापी रुपमा आयोजित महायज्ञ समाजमा धार्मिक जागरण सिर्जना गर्न र देशमा भएका महाविपत्तिबाट प्रभावितहरूको कल्याणको कामना गरिएको बताए । 
महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले कथा वाचन गरिरहेका छन् ।
कोत्रेमा यसअघि पनि दसैँको अवसरमा नवरात्रभर दैनिक धार्मिक कार्यक्रम हुँदै आएकोमा यस वर्ष विशेष कार्यक्रम गरिएको  हो ।

प्रतिकृया दिनुहोस
↑