• मंगलबार ६-२०-२०८३/Tuesday 10-06-2026
  • 05:42:19
  • ON AIR Lok Chautari
  • UP NEXTKayakairan

दुर्घटना न्यूनिकरण गर्न तनहुँमा चालक सचेतना 

दुलेगौंडा, १९ असोज । जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले पृथ्वीराजमार्गका विभिन्न स्थानमा चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ । बिहानीको समयमा बढ्दै गइरहेको दुर्घटनालाई मध्यनजर गर्दै दुई पाङ्ग्रे ३९, चार पाङ्ग्रे साना ६५ र ठूला ९५ गरि कुल १ सय ९९ सवारी चालकलाई सचेतना प्रदान गरिएको हो ।
सो अवसरमा सवारी साधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन, ट्राफिक नियमको पालना सम्बन्धि जानकारी दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिकृया दिनुहोस
↑