• मंगलबार ६-२०-२०८३/Tuesday 10-06-2026
  • 09:56:35
  • ON AIR Gam Besika Bhaka
  • UP NEXTShuklagandaki Samachar

घारी तालबेशी खानेपानीको ४४ औं साधारणसभाः पानीका मुहान र स्रोत संरक्षण गर्नुपर्नेमा जोड

शुक्लागण्डकी–९ घारीको ४४ औं वार्षिक साधारण सभा आइतवार  सम्पन्न भएको छ । 
साधारणसभाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य श्यामराजा महतले स्वच्छ खानेपानी पाउने सबै नागरिकको मौलिक अधिकार रहेको बताए । उनले शुद्ध खानेपानी अभाव रहेका ठाउँमा प्रदेश सरकारले प्राथमिकता दिएर योजना अगाडी बढाउने गरेको जानकारी दिए । उनले पछिल्ला समयमा देखिएको वातावरणीय प्रभाव र मौसमका कारण पानीको मुल सुक्दै गएको उल्लेख गर्दै सबैको सामुहिक प्रयासले मात्र पानीको स्रोत संरक्षण गर्न सकिने बताए । समितिका अध्यक्ष पदमलाल रिमालले विगतको तुलानमा सेवा क्षेत्र विस्तार हुदै गएको बताउदै पुराना संरचना, पायपलायन, मुहान तथा वितरण प्रणालिलाई  समयअनुसार सुधार र विस्तार गर्दै जानुपर्नेमा जोड दिए । समितिका सचिव केशवराज पौडेलले खानेपानीको मुहना तथा स्रोतको संरक्षण अहिलेको मुख्य चुनौतीको रुपमा देखा परेको बताए । कार्यक्रममा संस्थाका सल्लाहकार खेमराज सुवेदी, लेखा समिति संयोजक मुक्ति प्रसाद सापकोटा, संस्थाका उपाध्यक्ष सृजना सुनार लगायतले बोलेका थिए । साथै सचिव पौडेल र कोषाध्यक्ष गोविन्द महतले प्रस्तुत गरेको सचिव र कोषाध्यक्षको प्रतिवेदन छलफलपछि पारित भएको थियो । वि.स. २०३९ सालमा स्थापित सो खानेपानीमा हाल ५ सय ४६ वटा धाराबाट पानी सुचारु भइरहेको छ । करिव १४ किलोमिटर परिधि भित्र समितिले खानेपानी सेवा दिदै आएको छ । 
 

प्रतिकृया दिनुहोस
↑