• सोमबार ५-१-२०८३/Monday 08-17-2026
  • 02:33:11
  • ON AIR
  • UP NEXTBhakti Darshan

ढोरफिर्दी सानाकिसान कृषि सहकारीको वार्षिक समिक्षा

दुलेगौंडा, ३० साउन । तनहुँको शुक्लागण्डकी–८ स्थित ढोरफिर्दी सानाकिसान कृषि सहकारी संस्थाको आ.ब.२०८२÷२०८३को बार्षिक समिक्षा गोष्ठी शुक्रवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोती प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन  लघुवित्त वित्तिय संस्था प्रदेश कार्यालयका प्रमुख कृष्ण प्रसाद अधिकारीले गरेका थिए । सो अवसरमा उनले  सहकारी शिक्षावारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा इलाका कार्यालयका शाखा अधिकृत कृष्णविनोद ढुडंगेल, शुक्लागण्डकी–१० का वडा अध्यक्ष राजेन्द्र क्षेत्री, संस्थाका निवर्तमान अध्यक्ष भोजराज शर्मा, संचालक सदस्य दुर्गा महत,  दिपक क्षेत्री, अन्तर समुह अध्यक्ष डिल्लीराम भट्टराई, युवराज शर्मा,राधा पौडेल, सिता पौडेल लगायतले आफ्ना  सुझाव एवम् धारणा राखेका थिए ।  कार्यक्रममा  स्वागत उपाध्यक्ष तारा अधिकारी र संचालन सचिव रामेश्वर भट्टराईले गरेका थिए  । वार्षिक प्रतिवेदन संस्थाका प्रवन्धक टेकनारायण पौडेलले प्रस्तुत गरेका थिए । 
 

प्रतिकृया दिनुहोस