• सोमबार ५-१-२०८३/Monday 08-17-2026
  • 01:42:56
  • ON AIR
  • UP NEXTBhakti Darshan

प्रसिद्ध ढोरवाराही मन्दिरमा नियमित पुजा सुरु

दुलेगौंडा, २८ साउन । तनहुँको प्रसिद्ध ढोरवाराही मन्दिरमा नियमित पुजा सुरु भएको छ ।  साउन महिनाभर वली दिन बन्द भएकोमा विहिवारदेखि वहाली पुजा गरेर पुजा सुरु गरिएको हो ।
शुक्लागण्डकी नगरपालिका– ९ बाजस्थलमा रहेको ढोरवाराही मन्दिरलाई भगवान विष्णुको तेस्रो अवतारका रुपमा लिइन्छ । मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्यादी निको हुने जनविश्वास छ । सो मन्दिर दुलेगौडाबाट करिव ५ किलोमिटर टाढा रहेको छ । मन्दिरमा तनहुँका साथै कास्की, स्याङ्जा, लमजुङ्, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लाबाट भक्तजन आउने गरेका छन् ।  प्रत्येक आधा घण्टामा रहस्यमय ढङ्गले भूमिगतरूपमा चल्ने पानीको लहरीले ढोरबाराही मन्दिर क्षेत्रको महिमा र महत्व उच्च रहेको स्थानीयहरु बताउछन् ।  प्राकृतिक रूपमा पानी आउन बन्द हुने र फेरि पानीको ठूलो लहरी छुट्ने कारण यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय महत्वलाई बढाएको छ ।
 

प्रतिकृया दिनुहोस