ढोरफिर्दीमा तीन महिने गलैचा बुन्ने तालिम शुरु
दुलेगौंडा, २८ साउन ।
महिला उद्यमी संघ शुक्लागण्डकी नगर इकाई समितिको आयोजनामा तीन महिने गलैचा बुन्ने तालिम ढोरफिर्दीमा शुरु भएको छ ।
तालिमको सूर्य नेपाल प्रालिका मानव संसाधन विभाग प्रमुख अन्जान दुवाडीले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले सूर्य नेपाल प्रालिले आवश्यकता अनुसार विभिन्न तालिममा सहयोग गरेको बताउदै सिप सिकेर आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गरे । पछिल्ला समयमा गलैचा बुनेर आम्दानी गर्नेतर्फ धेरैको ध्यान कम भएको बेला अब व्यवसायिक रुपमा जानुपर्नेमा जोड दिए । महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्लले महिलाहरु आत्मनिर्भर बन्दै नेतृत्व तहमा पुग्नुपर्ने उल्लेख गरिन् । महिला उद्यमी संघ शुक्लागण्डकी नगर इकाई समिति अध्यक्ष सपना पराजुलीले यसअघि समितिमार्फत लिएका विभिन्न तालिमपश्चात स्वरोजगार र रोजगारमा लागेको जानकारी दिईन् । कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. ८ का सदस्य मान बहादुर क्षेत्री, वडा नं. ७ का सदस्य राज बहादुर थापा, कार्यक्रम संयोजक गंगा लम्साल पोख्रेल, समिति उपाध्यक्ष रजनी थापा, सचिव पार्वती पौडेल लगायतले बोलेका थिए । सूर्य नेपाल प्रालिको आर्थिक सहयोगमा भएको तालिममा २० जना महिला दिदीबहिनीको सहभागिता रहेको छ । तालिममा चन्द्रकला भट्टराईले सहजिकरण गर्नेछिन् ।









प्रतिकृया दिनुहोस