• सोमबार ८-१०-२०८१/Monday 11-25-2024
  • 06:06:37
  • ON AIR Kayakairan
  • UP NEXTNepali Bahas

माओवादी केन्द्रले शुक्लागण्डकीमा मंसिर १८ गते वृहत खबरदारी सभासँगै तेस्रो नगर सम्मेलन गर्ने

दुलेगौंडा, ९ मंसिर । नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगर समितिले आगामी मंसिरको १८ गते शुक्लागण्डकीमा वृहत खबरदारी सभा गर्ने भएको छ । खबरदारी सभालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नेछन् । सोहि दिन नगरको तेस्रो नगर सम्मेलन पनि हुने छ । 
नगर समितिले शुक्लागण्डकीमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरि पार्टीको केन्द्रिय निति अनुसार शुक्लागण्डकीमा पनि खबरदारी सभासहितको नगर सम्मेलन गर्ने भएको हो । 
नगर समितिका अध्यक्ष मनराज गुरुङले मंसिर १४ र १५ गते १२ वटै वडामा खबरदारी सभा सहितको वडा सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिए । गुरुङले मंसिरको १३ गतेसम्म पार्टी सदस्यता नविकरण सक्ने उल्लेख गरे ।  हालको नगर समिति आयोजक समितिमा रुपान्तरण भएको उनले बताए । नगर समितिको शुक्रवारको पूर्ण बैठकले सो निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रले वडा तहसम्म देशभरनै खबरदारी सभा गर्ने निर्णय गरेबमोजिम शुक्लागण्डकीमा सभा हुन लागेको गण्डकी प्रदेश सदस्य एवम् शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजुले बताए ।  मंसिर महिनालाई सबै स्थानीय तह र वडाको अधिवेशनको महिना तोकिएको बताउदै तनहुँमा २८ गतेसम्म १० वटै पालिकामा अधिवेशन सकिने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस