धुलो उडेपछि दुलेगौंडा क्षेत्रमा दमकलको पानीले सफाई
दुलेगौंडा, ४ मंसिर । कालोपत्रे गरिएको दुलेगौंडाको सडकमा धुलो हटाउन शुक्लागण्डकी नगरपालिकाको दमकलले सफा गरिएको छ ।
केहिदिन अघि शुक्लागण्डकी– ४ स्थित भिमसेन टोल विकास संस्था र उन्नतीशिल आमा समुहले पृथ्वी राजमार्गमा रहेको धुलो बडारेर सफा गरेका थिए । स्थानीय मिलेर सफा गरेको सडकमा अझै धुलो बाँकी रहेपछि दमकलको पानीले सफा गरिएको टोल विकास संस्थाका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । राम्रोसँग सफाई नभएपछि श्रेष्ठसहित आमा समुह र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नं.४ को टोलीले मंगलवार विहान नगर प्रमुख कृष्णराज पण्डितले भेटेर सफाईकालागि आग्रह गरेका थिए ।
शुक्लागण्डकीको मुख्य बजार क्षेत्र हाल एकतर्फि दुई लेन सडक कालोपत्र भएको छ । कालोपत्रपछि सोहि ठाउँमा पृथ्वीराजमार्ग निर्माण गरिरहेको आयोजनाले नालीमा राख्ने स्ल्याब बनाउदा थप धुलाम्मे भएको थियो । सफाई कार्यमा नगरपालिकाका सरसफाई शाखाका कर्मचारी, नगर प्रहरी, टोल विकास संस्था र आमा समुहको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस