अच्चकालि धुलो उडेपछि दुलेगौंडाको भिमसेनटोलमा सफाई
दुलेगौंडा, ३ मंसिर । कालोपत्रे गरिएको सडकमा अच्चकालि धुलो उडेपछि स्थानीयले सोमवार पृथ्वीराजमार्ग सफाई गरेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं.४ स्थित भिमसेन टोल विकास संस्था र उन्नतीशिल आमा समुहले राजमार्गमा रहेका धुलो सफा गरेका हुन् । शुक्लागण्डकीको मुख्य बजार क्षेत्र हाल एकतर्पिको दुई लेन सडक कालोपत्रे भएको छ । कालोपत्रे गरिएको सडकको छेउछेउमा जमेर बसेका धुलोलाई पानी हालेर सफा गरिएको टोल विकास संस्थाका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । सो टोलमा ९८ घरधुरी छन् । सफाईकालागि बेल्चा, कुचो लगायतका सामग्री लिएर अधिकांश आएका उनले बताए । कालोपत्रेपछि सोहि ठाउँमा आयोजनामा नालीमा राख्ने स्ल्याब बनाउने कार्य गरेको थियो, अर्को लेन कालोपत्रे नहुदा त्यहि आएर धुलो जम्मा हुदै गयो, उनले थपे, टोलबाट निर्णय गरेर सफाई अभियानमा जुटेका हौं । उन्नतीशल आमा समुहका अध्यक्ष रजनी थापाले महिला दिदी बहिनीको उल्लेख्य सहभागिता रहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस