• बिहीबार ८-६-२०८१/Thursday 11-21-2024
  • 08:50:35
  • ON AIR BBC Nepali Sewa Saj Pakha
  • UP NEXTSikchya Sambad

शुक्लागण्डकी जेसीज सप्ताहन्त सम्पन्न

दुलेगौंडा २ मंसिर ।

विभिन्न कार्यक्रम गर्दै शुक्लागण्डकी जेसीज सप्ताहन्त शनिवार सम्पन्न भएको छ । दुलेगौंडामा एक कार्यक्रमकाबीच कार्यक्रम समापन गरिएको हो । 
समापनको अवसरमा बोल्दै शुक्लागण्डकी नगरपालिका वडा नं.४ का अध्यक्ष राजकुमार वाग्लेले जेसीजले एक वर्षको कार्यकालमै केहि काम गर्न सकिन्छ भन्ने सन्देश दिएकाले अरुले पनि यसको सिको गर्नुपर्नेमा जोड दिए । युवाहरुले नेतृत्व गरेका जेसीजले विकृति विसंगति विरुद्ध खुलेर खबरदारी गर्न पनि उनले अपिल गरे । 
शुक्लागण्डकी जेसीजका अध्यक्ष रमेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी जेसीज पास्ट प्रेसिडेन्ट क्लवका अध्यक्ष रविन्द्रराज पौडेल, नेपाल पुलिस स्कुल बेलचौताराका प्राचार्य डिकेन्द्र रायमाझी, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, लेखनाथ जेसीजका अध्यक्ष प्रकाश राइभाट, शुक्लागण्डकी जेसीजका कार्यकाराणी उपाध्यक्ष सुशिल थापा भुजेल, अनिष ढकाल, सहसचिव मदन सिग्देल, सदस्यहरु भीष्म श्रेष्ठ, सुनिल श्रेष्ठ लगायतले बोलेका थिए ।
सो अवसरमा क्ल्वका पूर्व अध्यक्षहरु शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित समुन्द्रराम श्रेष्ठ र महासचिवमा निर्वाचित सुजन श्रेष्ठलाई सम्मान गरिएको थियो । सप्ताहन्त अन्तर्गत ट्राफिक सचेतना, शैक्षिक सामग्री वितरण, खानेपानी वितरण, हाजिरि जवाफ प्रतियोगिता लगायतका कार्यक्रम गरिएको थियो । शुक्लागण्डकी जेसीजले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरि सप्ताहन्त मनाउदै आएको छ ।

प्रतिकृया दिनुहोस