शुक्लागण्डकी–३ मा योजना सम्झौता शिविर
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले नगर स्तरीय योजनालाई प्रभावकारि रुपमा सञ्चालन र सम्पन्न गर्न वडामै पुगेर योजना सम्झौतालाई जारी राखेको छ । यसअघि वडा नंं २ बाट योजना सम्झौता शुरु गरेको नगरले सोमवार वडा नंं ३ मा योजाना सम्झौता गरेको छ । जनतालाई घरदैलोमै पुगेर सेवा दिने नगपालिकाको लक्ष्य अनुसार सञ्चालन गरिएको वडा नंं ३ का अध्यक्ष सचिन भुजेलले जानकारी दिए । उक्त शिविर मार्फत नगर वडाका १० वटा योजना सम्झौता गरिएको नगरपालिकाका सुचना अधिकारी समेत रहेका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताए । लम्सालले नगर स्तरीय पूर्वाधार विकासका योजनाहरु सम्झौता गर्न नगरपालिकाका कर्मचारी र एनआइसी एसिया बैकका कर्मचारीहरु संयुक्त रुपमा वडा वडामा आएको उल्लेख गरे । शिविरमा योजना शाखा, प्राविधिकसँगै कृषि विकास शाखाका प्रमुखको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस