• बिहीबार ७-२९-२०८१/Thursday 11-14-2024
  • 11:49:26
  • ON AIR
  • UP NEXT

स्वास्थ्य मन्त्री पौडेल जिपी अस्पतालमा

दुलेगौंडा, २५ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले शनिवार जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको अनगुमन गरेका छन् । डेढ महिना अघि पनि अस्पतालमा पुगेर  जानकारी लिएका मन्त्री पौडेलले भारत सरकारको सहयोगमा ३ सय बेडको अस्पताल बनाउन पहल गरिरहेको बताएका छन् । उनले दुई महिना भित्र भारत सरकारसँग अस्पताल निर्माणकोलागि सम्झौता हुने उल्लेख गरेको अस्पतालका कार्यकारी निर्देशक डा। राम कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार अस्पताल आफैले १ हजार बेड क्षमताको डिपीआर एक महिना भित्र सम्पन्न हुने छ । साथै अस्पतालमा तीन महिनाभित्र डायलोसीस सेवा समेत सुचारु हुने डा। श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस