• बिहीबार ७-२९-२०८१/Thursday 11-14-2024
  • 12:50:24
  • ON AIR
  • UP NEXTSangit Darpan

शुक्ला साहित्य सङ्गमको २ सय १ औं ं काव्य श्रृखंला

दुलेगौंडा, २५ कार्तिक । शुक्ला साहित्य सङ्गम, तनहुँको २ सय १ औं ं काव्य श्रृखंला शनिवार शुक्लागण्डकी–५ मा शनिवार सम्पन्न भएको छ । बेलचौतारास्थित जनपुस्तकालयमा सो कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै संविधान सभा सदस्य आशा कोइरालाले कार्यक्रमले साहित्य क्षेत्रमा लाग्न नयाँलाई प्रेरित गर्ने बताइन् । शुक्ला साहित्य संगमका संरक्षक शेषमणि आचार्यले संगमको नियमित काव्य श्रृंखला र साहित्यिक गतिविधिले नयाँ प्रतिभालाई लेख्नलाई प्रोत्साहन मिल्ने उल्लेख गरे ।

संगमका उपाध्यक्ष लक्ष्मी सिग्देलको  अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जुना खड्काले गरेकी थिइन् ।सो अवसरमा स्रष्टा एवम् सल्लाहकार खेमराज खनाल, नारायण कुमार श्रेष्ठ,  मोती प्रसाद पौडेल, मोहन अकेला, जुना खड्का लगायतले आफ्नो रचना वाचन गरेका थिए । वि।स। २०६० सालमा स्थापना भएको संगमले मासिक रुपमा नियमित काव्य श्रृखंला समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस