• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 10:21:08
  • ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

प्याखरगैह्रा कुखुरे कटहरे फिर्दी खानेपानीमा क्या .डम्बर

दुलेगौंडा, ६ कार्तिक । प्याखरगैह्रा कुखुरे कटहरे फिर्दी भु।पु।सैनिक खानेपानि तथा सरसफाई उपभोक्ता समिति–शुक्लागण्डकी– ८÷९ ढोरफिर्दीको अध्यक्षमा क्या।डम्बर बहादुर थापा सर्वसम्मत भएका छन् । उपाध्यक्षमा हुम बहादुर बानियाँ, सचिवमा फौनारायण श्रेष्ठ, कोषाध्यक्षमा राजु श्रेष्ठ सर्वसम्मत भए । सदस्यहरुमा श्याम परियार, बसन्ति श्रेष्ठ, सम्झना खत्रि, गौरी परियार, राम बहादुर श्रेष्ठ (थापा), (चंखे)बिनोद परियार,  गोपाल श्रेष्ठ रहेका छन् । यसैगरी सल्लाहकार समितिमा दुर्गा बहादुर महत, ओम बहादुर के।सी,  र शेर बहादुर बानियाँ  रहेका छन् । सो अवसरमा  निर्वाचन समिति संयोजक दुर्गा बहादुर महतले नयाँ समितिलाई बधाई दिए ।  निर्वाचन समिति सदस्यहरुमा ओम बहादुर के ।सी।र शेर बहादुर बानियाँ रहेका थिए । संस्थाका अध्यक्ष  ओम बहादुर के।सी।को अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता जेष्ठ सदस्य तथा सल्लाहकार सदस्य छविलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस