• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 10:21:16
  • ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघमा समुन्द्रराम निर्वाचित

दुलेगौंडा, ५ कार्तिक । शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघको अध्यक्षमा समुन्द्रराम श्रेष्ठ निर्वाचित भएका छन् । सोमवार विहान  सम्पन्न मतगणनामा श्रेष्ठले ३ सय ९१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रत्यासी सुजित हिराचनले २ सय ९८ प्रतिशत मत प्राप्त गरेका थिए । 


बरिष्ठ उपाध्यक्ष पदमा श्रेष्ठ समुहका सुमन सापकोटा निर्वाचित भए ।  सापकोटाले ३ सय ३५ मत प्राप्त गर्दा उनका प्रत्यासी नारायण कुमार श्रेष्ठले ३ सय १९ मत प्राप्त गरे । 


बाणिज्य उपाध्यक्ष तर्फ श्रेष्ठ समुहका प्रकाश थापा ३ सय २३ मत ल्याएर निर्वाचित भए ।  थापाका प्रत्यासी आनन्द सुन्दर श्रेष्ठले ३ सय २ मत प्राप्त गरे । यसैगरी उद्योग तर्फको उपाध्यक्षमा हिराचनको समुहका प्रेमबहादुर श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ३ सय २७ मत प्राप्त गर्दा प्रत्यासी देबेन्द्रबहादुर ढुङ्गानाले ३ सय २१ मत प्राप्त गर । 
महासचिव पदमा पनि हिराचन समुहका सुजन श्रेष्ठ निर्वाचित भए । सुजनले ३ सय ६३ मत प्राप्त गरेका थिए प्रत्यासी पूर्ण बहादुर कायस्थले २ सय ९० मत ल्याएको निर्वाचन समिति संयोजक भानुभक्त सुवेदीले जानकारी दिए । 


तिष्पर्धि  मित्रबन्धु पौडेललाई पराजित गर्दै उपमहासचिव पदमा पनि हिराचन समुहकी  विर्षना श्रेष्ठ निर्वाचित भइन ।  श्रेष्ठले ३ सय ५४ मत ल्याउदा प्रत्यासी पौडेलले २ सय ९५ मत प्राप्त गर । यसैगरी कोषाध्य पदमा पनि हिराचन समुहका कमल गैह्रे निर्वाचित भए । गैह्रेले ३ सय ३८ मत प्राप्त गर्दा प्रत्यासी रजनी थापाले ३ सय १२ मत ल्याइन । 
सदस्यहरुमा अमृत घिमिरे (४१४), विधान गुरुङ (३८४) गम बहादुर केसी (३७८) अर्जुन सापकोटा (३६४), पिताम्बर तिमिल्सिना (३५६), सन्तोष कुमार श्रेष्ठ  (३४३), बर्म कुमार श्रेष्ठ (३२६), गिरी बहादुर थापा (३२३) देवीभक्त राना (३२०) र भुपेन्द्र रिमाल (३२०) निर्वाचित भए ।  यसैगरी महिला सदस्यमा जोसिला थापा (३७८) र वसन्त कुमारी श्रेष्ठ (३०१) निर्वाचित भए । आइतवार विहान ८ बजेदेखि साँझ ४ बजेसम्म भएको मतदानमा ८ सय ४८ मतमध्य ७ सय १९ मत खसेको थियो । मतदान सकिएपछि आइतवार साँझदेखिनै मतगणना गरिएको हो । असोज २९ गते भएको उम्मेदवार मनोनयनमा एशोसियत सदस्यमा विपिन वाग्ले सर्वसम्मत भएका थिए ।   
 

प्रतिकृया दिनुहोस