• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 08:16:57
  • ON AIR Rotary Saichik Bahas
  • UP NEXTNepal Khabar

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको चुनावमा ७ सय १९ मत खस्यो

दुलेगौंडा, ४ कार्तिक । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकोलागि भएको मतदानमा ७ सय १९ मत खसेको छ । कुल ८ सय ४८ मतदातामध्य करिव ८५ प्रतिशत मत खसेको हो । शुक्लागण्डकी–५, बेलचौतास्थित क्याम्पसवस्ती सामुदायिक भवनमा आइतवार विहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदानकोलागि समय निर्धारण गरिएको हो । 
निर्वाचन समितिका संयोजक भानुभक्त सुवेदीका अनुसार मतगणना आइतवारै हुने छ ।

समितिको नेतृत्वकोलागि  समुन्द्रराम श्रेष्ठ र सुजित हिराचन चुनावी मैदानमा छन् । काङग्रेस र माओवादी निकट व्यवसायीहरुको गठबन्धन गरि श्रेष्ठले उम्मेदवारी दिएका हुन् भने एमाले निकट व्यवसायीबाट हिराचनले उम्मेदवारी दिएका हुन् । श्रेष्ठको नेतृत्वतर्फ बरिष्ठ उपाध्यक्षमा सुमन सापकोटा, वाणिज्य उपाध्यक्षमा प्रकाश थापा र उद्योग उपाध्यक्षमा देवेन्द्र बहादुर ढुंगाना, महासचिवमा पूर्ण बहादुर कायस्थ, उपमहासचिवमा मित्रबन्धु पौडेल र कोषाध्यक्षमा रजनी थापाले उम्मेदवारी दिएका छन् । यसैगरी हिराचनको टिमबाट बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा आनन्द सुन्दर श्रेष्ठ, उद्योग उपाध्यक्षमा प्रेम बहादुर श्रेष्ठ, महासचिवमा सुजन श्रेष्ठ, उपमहासचिवमा विर्सना श्रेष्ठ र कोषाध्यक्षमा कमल गैह्रेले उम्मेदवारी दिएका छन् । असोज २९ गते भएको उम्मेदवार मनोनयनमा एशोसियत सदस्यमा विपिन वाग्ले सर्वसम्मत भइसकेका छन् । 

प्रतिकृया दिनुहोस